सरकारले भन्यो, ‘अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनमा भएका नेपाली स्वदेश फर्कनू’

काठमाडौं,फागुन,११-सरकारले अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनमा भएका नेपाली नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध गरेको छ ।   पराष्ट्र मन्त्रालयले भनेको छ, ‘युक्रेनमा रहनुभएका नेपाली […]

खप्तड गोल्डकप : उद्घाटनमा मनाङ र दिल्ली भिड्ने

काठमाडौं,फागुन,११-पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको उदघाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन् । मनाङ र दिल्लीबीचको उदघाटन खेल कैलालीको धनगढी रंगशालामा फागुन १९ गते हुनेछ । सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।  आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको […]

आफ्नै कारमा खुट्टा अल्झेर लड्दा कलाकार जयनन्द लामाको निधन

काठमाडौ,फाल्गुन,११-वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको छ।उहाँको निधन आफ्नै कारमा अल्झिएर लड्दा भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ।प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध जानु भएको थियो। उहाँ बिहान आफ्नै घर अगाडि मृत फेला पर्नु भएको थियो। ‘राति बौद्धबाट फर्किनु भएको थियो। आफ्नै घर अगाडि […]

देशलाई ठग्नेविरुद्ध एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी काम गर्नेछुः मन्त्री आले

काठमाण्डौं,फागुन,१०-संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) लागेको बताउनु भएको छ। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस-२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताउनु भएको थियो। […]

एमसीसीको पक्षमा निजीक्षेत्र,विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह

काठमाडौं,फागुन,१०- रू. ५५ अर्ब बराबरको अमेरिकी सहयोगको एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल भएसँगै राजनीतिमा धुव्रीकरण देखिरहेका बेला निजीक्षेत्रले विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह गरेको छ । संसद्मा एमसीसी टेबल भएसँगै त्यसको स्वागत गरेको निजीक्षेत्रले विकासमा राजनीति गर्न नहुने बताएको छ । उद्योगी-व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) का अनुसार विकासमा राजनीति नगरी दलहरूले […]

टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज युएईको सामना गर्ने

काठमाडौं,फागुन,१०-आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा आज मंगलबार नेपालले युएईको सामाना गर्दैछ।  आफ्ना तीनै खेलमा जित निकालेसँगै नेपाल ग्लोबल छनोट ‘ए’ को समूह बीको विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको हो । अस्ट्रेलिया हुने विश्वकपमा स्थान बनाउनका लागि अब नेपालले समूह ‘ए’को उपविजेता युएईलाई पराजित गर्नुपर्ने हुन्छ । सोमबार भएको छनोट अन्तर्गतको तेस्रो खेलमा क्यानडालाई ८ […]

नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश,क्यानडालाई ८ विकेटले पराजीत

काठमाडौं,फागुन,९-नेपाल आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो । ओमान ३ खेलमा ४ अंक […]

टी-ट्वान्टी विश्वकप छनोट : क्यानडाद्वारा नेपाललाई ८१ रनको लक्ष्य

काठमाडौं,फागुन,८-आईसीसी विश्वकप टी–ट्वान्टी ग्लोबल छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । ओमानको राजधानी मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले १४ ओभरको अन्तिम बलमा अलआउट हुँदै ८० रन बनायो । उसका लागि कप्तान नवनित ढलिवालले १८, रायन पठानले १४ रन बनाए । लमान नजारले १० […]

ए डिभिजन लिग : ब्रिगेड र सातदोबाटो भिड्ने

काठमाडौं,फागुन,९-कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ ।    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । ब्रिगेडका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । रेलिगेसनबाट जोगिन ब्रिगेडलाई सातदोबाटोविरुद्धको खेल जित्नैपर्ने […]

टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज क्यानडाको सामना गर्दै

काठमाण्डौं,फागुन,९-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमबार क्यानडाको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो […]