काठमाडौं,असोज,२- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ का ८ जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । सप्तरीको राजविराजमा १ सय ३ वर्षीया एक वृद्धाले मतदान गरेकी छन् ।वडा नम्वर ७ बस्ने १ सय ३ वर्षीय समानदेवी जोशीले मतदान गरेकी हुन् […]
Images
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
काठमाडौं, असोज २- काठमाडौं महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासीले फोहर व्यवस्थापनमा ढिलासुस्ती भई दुर्गन्ध फैलिएको भन्दै आज कामपाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन् । फोहर व्यवस्थापनमा लापरबाही भएका कारण त्यहाँको वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेकाले बिहान ९ बजेदेखि स्थानीयवासीले धर्ना दिएका हुन् । महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकूस्थित फोहर संकलन […]
महाकाली अञ्चल अस्पतालको दुर्दशा
महेन्द्रनगर, १ असोज महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा आउने बिरामी र कुरुवाका लागि पंखा नभएको बेला स्वभाविक प्रश्न उठ्छ– अस्पतालका डाक्टर र कर्मचारी पंखा बिना कसरी बस्छन् ? तर, अस्पताल भित्रको वास्तविकता अर्कै फेला परेको छ । बिरामीका लागि पंखाको व्यवस्थापन गर्न नसक्ने अस्पतालमा डाक्टर र कर्मचारीका कार्यकक्षमा लाखौंका एसी जडान गरिएका छन् । अस्पतालमा आउने […]
नसोध कसैले’बोलको गित सार्वजनिक
रोशन घर्ति दाङ,असोज,१- नेपाली चलचित्रकी सफल नायिका प्रियंका कार्कीले पहिलोपटक नेपाली लोकदोहोरी गीतमा प्रवेश गरेकी छन् । ‘नसोध कसैले’बोलको गितमा अभिनय गरेकी हुन । उक्त गितमा नबिन भट्टराई र प्रिया भण्डारीको स्वर रहेको छ । नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले अभिनय गरेका छन । एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा […]
निर्देशक आचार्यको यसपालिको जन्मदिन, अनाथालयका बालबालिकासंग
शिव पुन दाङ,असोज,२ चलचित्र निर्देशक ऋषिराज आचार्यले यो वर्षको जन्म दिन अघिल्लो वर्षको भन्दा फरक तरिकाले मनाएका छन् । अघिल्ला वर्षमा साथीभाइ अनि आफ्नो परिवार संग रमाइलो गरेर मनाउदै आएका आचार्यले यो वर्ष भने सामाजिक काम गरेर आफ्नो जन्म दिन मनाएका छन् । आचार्यले यो वर्षको जन्म दिन काठमाडौंको सांखुमा रहेको बन्दी सहायता अनाथालय नेपालका […]
गरीब बोलको गित सार्वजनिक
रोशन घर्ति दाङ,असोज,१ नेपालीको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा गरीब बोलको गित सार्वजनिक भएको छ । दशैँ अहिले भडकिलो तरिकाले मनाउने गर्दा त्यसले एउटा समाजमा भएको गरीव परिवारको बारेमा चित्रण गरीएको गित सार्वजनिक गरीएको छ । यद्यपी उक्त गितले सर्वत्र बजारमा चर्चा बटुलिरहेको छ । उक्त गित समुन्द्र राज पौडेलको स्वर रहेको छ […]
प्रदेश नम्बर २ को निर्बाचनको तयारी पुरा
काठमाडौं, असोज १- निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोली(सोमबार) हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषा गरी आठ जिल्ला छन् ।सबै जिल्लामा गरी १३६ स्थानीय […]
नेपाल यू-१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित
काठमाडौं, असोज १- एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।मलेसियाको किन्रारा मैदानमा आज भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो । हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो ।नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले […]
सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ ?
इन्द्र कार्की / महेन्द्रनगर, ३१ भाद्र सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा बेडमा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो। टियर्नोले एउटै तन्ना बेडसिट लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा […]
गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्र
काठमाडौं, ३१ भदौ इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल कुनै जिम्मेवारी नदिन संसदको सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई […]








