काठमाडौ, चैत १७- भेरी अञ्चल यातायात कार्यालयका तत्कालिन प्रमुख पवन सुवेदीले सेटिङमा १० हजारभन्दा बढी सवारी लाइसेन्स बिक्री गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो । २०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको फारम अध्ययन […]
Images
मतदाता नामावलीमा समस्या भए फोनबाट सच्याउन सकिने
काठमाण्डु, चैत,१७- निर्वाचन आयोगले मतदाता नामावलीमा समस्या आइपरे टेलिफोन मार्फत भेरिफाई गर्न सकिने प्रविधि सञ्चालन गर्ने भएको छ। आयोगले डाटा सेन्टर स्थापना गरी निशुल्क हटलाई नम्बर मार्फत मतदाता नामावली भेरिफाई गर्ने प्रणाली स्थापना गर्न लागेको आयोगका प्रविधि फाँटका सहसचिव लक्ष्मीप्रसाद यादवले जानकारी दिनुभयो ।निर्वाचन आयोगले हाल १ करोड ४० लाख मतदाताको स्थानीय तह अनुसारको ठेगाना […]
म्यादी प्रहरीमा भर्ना हुन दाङमा युवाको लर्को
दाङ, चैत १७- सरकारले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको सुरक्षाका लागि म्यादी प्रहरी हुन दरखास्त आह्वान गरेपछि फारम भर्नेको दाङमा भिड लागेको छ । बिहान ६ नबज्दैबाट सुरु हुने भिड राति १० बजेसम्म कायम रहने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अघिल्ला चुनावमा युवाहरु मात्रै बढी देखिने गरेकोमा यसपटक युवतीहरुको पनि […]
नेपाल आज हङकङसँग भिड्दै
काठमाडौं, चैत १७- बंगलादेशमा जारी इमर्जिङ कप क्रिकेटको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ ।समूह चरणमा लगातार दुई खेल हारेका यी दुई टोली आज प्रतिष्ठाको लडाईंमा छन् । एसियाली तथा विश्वस्तरका विभिन्न प्रतियोगितामा नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वी हुन् । एक अर्काको खेल रणनीति राम्रोसँग बुझेका दुबै टोली आजको खेल जित्दै दुई अंकको साथ बंगलादेशबाट […]
नेपाल पत्रकार महासंघ आज आफ्नो ६२ औं स्थापना दिवस मनाउदै
काठमाडौं, चैत १६- नेपाल पत्रकार महासंघले आज ६२ औं स्थापना दिवस देशभर मनाउँदैछ । दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको स्थापना २०११ साल चैत १६ गते भएको थियो । महासंघका अध्यक्ष महेन्द्र विष्टले दिवसको अवसरमा शुभकामना दिँदै देशमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति […]
जाजरकोटमा नेविसंघ नेता रविन्द्र शाहको हत्या
काठमाडौं,चैत, १६- जाजरकोटमा मंगलबार साँझ नेपाल विद्यार्थी संघ नेविसंघ का युवा नेता रविन्द्र शाहको निर्मम तवरले हत्या गरिएको छ । भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिनुभयो ।हत्या पछि शाहको शव साढे तीन सय मिटर तल भिरमा फालिएको थियो । […]
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
काठमाडौं,चैत, १६- सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने गृहकार्य गरेको छ । संविधान संशोधन र तराईमा जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गरिनुपर्ने माग राख्दै आएको मोर्चा निर्वाचनमा आउने सुनिश्चितताको आधारमा प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने निष्कर्षमा सरकार पुगेको हो । सरकारले सीमांकन संशोधनको विषय आयोगबाट टुंगो […]
सीमांकनबाहेकका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाउने कांग्रेसको निर्णय
काठमाडौं, चैत १६- नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चाको सहमतिमै सीमांकनबाहेकका विषयलाई संविधान संशोधनमार्फत् टुंगो लगाउन पहल गर्ने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले सीमांकनबाहेकका भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व र नागरिकताको विषयमा संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सीमांकनको टुंगो गर्न भने शक्तिशाली आयोग गठन […]
प्रधानमन्त्रीको चीन भ्रमण सफलः परराष्ट्र विज्ञ
काठमाडौं,चैत,१५ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र मामिला सल्लाहकार डा। ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको दाबी गर्नु भएको छ ।अधिकारीले चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको ४५ मिनेट भेटवार्ता हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै भ्रमण पूर्ण रुपमा सफल भएको बताउनुभयो । आज रिपोर्टर्स क्लबमा बोल्दै डा.अधिकारीले भन्नुभयो प्रधानमन्त्री चीन उड्नुअघि एजेण्डाविहीन भ्रमणको संज्ञा […]
स्थानीय तहमा ८० हजार कर्मचारी आवश्यक
काठमाडौँ, चैत १५- स्थानीय तहमा कर्मचारी भर्ना स्थानीय सेवा आयोगले गर्ने भएको छ । अहिले स्थानीय तहमा निजामती र साबिक स्थानीय निकायका कर्मचारी रहँदा वरिष्ठ र कनिष्ठको द्वन्द्व छ ।स्थानीय सेवा आयोग गठन भएपछि ७४४ वटै स्थानीय तहमा कर्मचारी भर्नाका सबै प्रक्रिया स्थानीय सेवा आयोगले गर्नेछ । सङ्घ र प्रदेशमा भने लोकसेवा अयोगले कर्मचारी भर्ना […]










