काठमाडौं, चैत १५ – काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पस आरआरमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव मंगलबार हुँदैछ । चैत २ गते सर्वोच्च अदालतको आदेश अनुसार आरआरमा चुनाव हुन लागेको हो ।अहिले केहीबेरमा हुने मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदान गर्न विद्यार्थी बिहानैदेखि लाइन बसेका छन् भने प्रहरीले सुरक्षा दिइरहेको छ । मतदान […]
Images
कांग्रेस नेताहरु चाहन्छन् : चुनावअघि नै सीमांकन बाहेकमा संशोधन
काठमाडौं,चैत्र १५- कांग्रेसले सीमाकंन थाँती राखेर भए पनि मधेसी मोर्चाले उठाएका बाँकी बिषय संशोधन नगरी निर्वाचनमा जान नहुने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा अधिकांश सदस्यले कांग्रेसकै पहलमा सरकारले प्रस्तुत गरेको संशोधन विधेयक पारित गर्न सरकार घटक राप्रपा नै तयार नभएकाले सीमाकंन थाँती राख्न सुझाव दिएका हुन । उनीहरुले सीमाकंन बाहेकमा संशोधनका लागि […]
सडक र रेलमा चिनियाँ राष्ट्रपतिको चासो, काठमाडौंहुँदै लुम्बिनीसम्म रेलमार्ग जोड्न प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं,चैत,१५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति सीले स्थानीय तहको निर्वाचनमार्फत नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धि आउने बताउनु भएको थियो ।भेटवार्ता लगत्तै चिनियाँ टेलिभिजन सिजिटिएनलाई अन्तर्वार्ता दिनुभएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले नेपालसँग रेल र सडक सम्पर्क विस्तारमा व्यक्तिगत तहबाट पनि चासो लिएको बताउनु भएको थियो । […]
वैद्य माओवादीले पनि चुनावमा भाग लिने, चुनावी मोर्चाको नेतृत्व गजुरेलले गर्ने
काठमाडौं,चैत, १५- नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेको छ ।पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहनु भएको छ । पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिक रुपमा भन्दा पनि […]
एसिया कप फुटबलको छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै
काठमाडौं, चैत १५- एसियन कप छनोट फुटबलअन्तर्गत तेस्रो चरणको पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्दैछ ।फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण र कठिन छ । फिलिपिन्सलाई घरेलु मैदान, मौसम र समर्थकको साथ हुनेछ भने नेपाललाई पछिल्ला प्रतियोगिताहरुमा गरेको अपराजित प्रदर्शनको हौसला हुनेछ ।यसअघि विश्वकपको समेत छनोट मानिएको […]
वैदेशिक रोजगारी जानेका परिवारलाई पाँच रोगमा उपचार खर्च
काठमाडौँ, चैत १४- वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाई समेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ। क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा ५० हजार रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा […]
भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो
काठमाडौं,चैत, १४ – नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता भएको छ । दिल्लीमा भएको यो सम्झौता अनुसार भारतले आफ्नो नाफाको मार्जिन घटाएकाले अब तेल आपूर्ति लागत अहिलेकोभन्दा सस्तो पर्नेछ । यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली हिजै भारत गएका थिए । […]
नेपालगन्जको होटल ह्वाईट हाउसमा डिस्को कार्यक्रम हुने
रञ्जीता ढकाल (थापा) बाँके,चैत १४- नेपालगन्जको गनापुरमा रहेको होटल ह्वाईट हाउस रिजेन्सी प्रालीले नयाँ बर्ष २०७४ को अवसरमा आगामी बैशाख १ गते वाटर डिस्को डान्स लगायतका विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । होटल पूर्ण सञ्चालनका लागि ७० प्रतिशत काम सकिएको ह्वाईट हाउसमा मध्यपश्चिम क्षेत्रमै पहिलो पटक यस्तो कार्यक्रम गर्न लागिएको होटलका प्रबन्धक निर्देशक भरत […]
दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग
काठमाडौं, चैत १४ – प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदान–प्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ ।चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ द पिपुलमा सोमबार भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो । उनकाअनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनफिङले आगामी […]
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने, भोजमा ५०१ जनासम्म बोलाउन सकिने
काठमाडौं,चैत,१४ वैवाहिक समारोहमा अब बाजागाजामा संलग्न र सहयोगी समेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ । सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान मिल्ने व्यवस्था संशोधन गर्दै संसद्को राज्य व्यवस्था समितिले १५० जनासम्म जन्ती लैजान मिल्ने सीमा तोकेको छ । विवाहको भोजमा अब बढीमा ५०१ जनासम्मलाई आमन्त्रण गर्न […]










