आजको राशिफल ।।आषाढ २६ गते आइतवार ।।

काठमाडौं,आषाढ,२६-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २६ गते आइतवार, (जुलाई १० तारिख) आशाढ शुक्ल एकादशी तिथि, हरिशयनी एकादशी व्रत, तुल्सी रोप्ने दिन,चतुर्मास व्रत आरम्भ, बकर ईद,(ईद ऊल जोहा) आजको दिन रहेको छ। आज आषाढ २६ गते आइतवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले […]

नेपालमा युगान्डाबाट पनि भित्रिन्छ आँप

काठमाडौं,आषाढ,२५-अफ्रिकी मुलुक युगान्डाबाट पनि नेपालमा आँप भित्रिने गरेको छ ।चालू आर्थिक वर्षको ११ महीना (२०७८ साउन-२०७९ जेठसम्म) मा नेपालले १ लाख ३८ हजार रूपैयाँ बराबरको आँप आयात गरेको छ । उक्त अवधिमा युगान्डाबाट २४० किलोग्राम आँप भित्रिएको विभागको तथ्यांक छ । युगान्डासँगै नेपालमा अन्य देशहरूबाट पनि आँप आयात हुने गरेको छ ।  कुन देशबाट कति आयात […]

चोरको हर्कत: बाख्राद्वारा मानिसको सनाखत,चोर पक्रन पुलिस सफल

रुपन्देही,आषाढ,२५-रुपन्देहीको सैनामैना नगरपालिका र त्यस आसपासमा गत केहि महिना यता श्रृखंलाबद्ध  बाख्रा चोरी घटनाको रहस्य पत्ता लगाउन  सालझण्डी ईलाका प्रहरी कार्यालय  सफल भए पनि फेला परेका बाख्राको मालिक चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ । घरबाट बाख्रा हराएको उजुरी परे लगत्तै रुपन्देहीको सालझण्डी  ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल […]

आजको राशिफल ।।आषाढ २५ गते शनिवार ।।

काठमाडौं,आषाढ,२५-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २५ गते शनिबार, (जुलाई ९ तारिख) आशाढ शुक्ल दशमी तिथि,रहेको छ। आज आषाढ २५ गते शनिबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

र्‍यापर यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले १५ लाख बजेट खर्चिने

काठमाडौं,आषाढ,२५-स्वर्गीय र्‍यापर यमबुद्धको शालिक बनाईने भएको छ।काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर र्‍यापर यमबुद्धको शालिक बनाउन लागेका हुन् । पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्। उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका […]

आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

काठमाडौं,आषाढ,२५-जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उहाँको निधनप्रति आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। पूर्व प्रधानमन्त्री आबेको शुक्रबार बिहान साढे एघार बजे गोली हानी हत्या भएको थियो।चुनावी सभालाई सम्बोधन गरिरहनु भएको […]

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली लागी निधन

टोकियो,जापान,२४-जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। आज शुक्रबार बिहान साढे ११ बजे तिर गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको हो।जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको जनाएको छ। एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ । नारा सहरमा भाषण […]

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति नौसेनाको पूर्व सदस्य हुन्

टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली हान्ने ४१ वर्षीय तेत्सुया यामागामी मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य भएको अनुसन्धानबाट खुलेको छ। मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा पनि चिनिन्छ।यो जापानको नेभल डिफेन्सका साथ कार्यरत जापान सेल्प-डिफेन्स फोर्सको समुद्री वारफेयर शाखा हो । साथै उनले स्थानीय एक विश्वविद्यालयमा पनि पढाउँथे। गोलीकाण्डको भिडियोमा पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको देखिन्छ।गोली […]

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार गर्ने व्यक्ती तेत्सुया यामागामी पक्राउ

टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। आज शुक्रबार बिहान साढे ११ बजे जापानको नारा सहरमा पुन: हुनगईरहेको निर्वाचनका लागि आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भई प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला उहाँमाथी गोली प्रहार भएको थियो। उहाँलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल […]

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दिए पदबाट राजीनामा

लण्डन(बेलायत),आषाढ,२४-संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिनुभएको छ । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले सबैलाई शान्त र एकतावद्ध बनेर अघि […]