आजको राशिफल ।।आषाढ २४ गते शुक्रबार ।।

काठमाडौं,आषाढ,२४-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २४ गते शुक्रबार, (जुलाई ८ तारिख) आशाढ शुक्ल अष्टमी तिथि,रहेको छ। आज असार २४ गते शुक्रबार राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।परिवारमा सुख सन्तोष छाउला।नयाँ कामको थालनी हुनेछ।स्वास्थ्यमा लाभ मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन आज विशिष्ट व्यक्तिको साथ पाइनेछ।दाम, इनाम […]

प्रधानमन्त्री तथा उद्योग परिसंघ बीच मुलुकको अर्थतन्त्रबारे छलफल

काठमाडौं,आषाढ,२४-नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले बिहीवार अर्थ मन्त्रालयसमेत सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवासँग मुलुकको आर्थिक अवस्था लगायत विषयमा भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा जानकारी गराएको हो ।  उक्त अवसरमा परिसंघका पदाधिकारीहरुले मुलुकको पछिल्लो आर्थिक अवस्था सुधार्न चाल्नुपर्ने […]

आज प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पेश हुने

काठमाडौं,आषाढ,२४-प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ।मन्त्री तथा सांसदहरूले बैठकमा नागरिकता विधेयक पेश हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री तथा सांसदहरूले फास्ट ट्रयाकबाट विधेयक पारित हुने बताउनु भएको थियो।उनीहरूले नागरिकता विधेयक सर्वसम्मत्तिबाट पारित हुनपर्नेमा जोड दिँदै त्यसका लागि नेताहरूले कोशिस गरिरहेको जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्री प्रदीप यादवले संसदमा पेश गर्ने […]

आजको राशिफल ।।आषाढ २३ गते बिहिबार ।।

काठमाडौं,आषाढ,२३-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २३ गते बिहिबार, (जुलाई ७ तारिख) आशाढ शुक्ल अष्टमी तिथि, रहेको छ। आज असार २३ गते बिहिबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । वृष […]

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा,छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं,आषाढ,२३-अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामाको घोषणा गर्नु भएको छ।  प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्नु भएको थियो। त्यसलगत्तै विशेष समय लिएर बोल्दै उहाँले छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभयो।‘एउटा संसदीय […]

मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णयहरु यी हुन्

काठमाडौं,आषाढ,२३-सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ । अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको हो।बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी […]

आजको राशिफल ।।आषाढ २२ गते बुधबार ।।

काठमाडौं,आषाढ,२२-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २२ गते बुधबार, (जुलाई ६ तारिख) आशाढ शुक्ल सप्तमी तिथि, रहेको छ। आज असार २२ गते बुधबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफ्नै क्षमतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । आजको दिन […]

नेपालले आज क्यानडा संग दोस्रो एकदिवसीय खेल खेल्ने

काठमाडौं,आषाढ,२२-नेपालले आज बुधबार क्यानडा संग दोस्रो एकदिवसीय खेल खेल्ने छ।नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रोकिएको थियो। किङ सिटी स्टेडियममा तय भएको खेल वर्षाको कारण टस समेत नभई रद्द भएको थियो।नेपाली टोली दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको छ ।  विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले […]

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं,आशाढ,२२-सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो।यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले […]

सन्दीपले लंका प्रिमियर लिग खेल्ने,टिम दम्बुला गर्यौ ४० हजार डलरमा अनुबन्ध

काठमाडौं,आषाढ,२२-नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको टी-२० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपिएल)  खेल्ने भएका छन्। मंगलबार भएको ड्राफ्टमार्फत सन्दीपलाई दम्बुला जाइन्ट्सले टिममा आबद्ध गरेको हो। अन्तर्राष्ट्रिय डाइमन्ड ए श्रेणीमा रहेका सन्दीपलाई ४० हजार अमेरिकी डलरमा जाइन्ट्सले आफ्नो टिममा आबद्ध गरेको हो।  एलपिएलको जारी ड्राफ्टमा १८० विदेशी खेलाडी र १७३ श्रीलंकन खेलाडीको नाम […]