आईसीसी पुरुष विश्वकप लिग : नेपाल नामिबियासँग पराजित

काठमाडौं,आषाढ,२८-आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो । नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो । आरिफ […]

छोटो समयमै चर्चामा क्षितिज पारी २ “नजरबन्दमा” बोलको गित

काठमाडौं,आषाढ,२७-लोक दोहोरी गायक तथा शब्द सङ्गीतकार किरन बाबु पुनले बजारमा नयाँ सङ्गीतिक कोसेली ”क्षितिज पारी २ नजरबन्दमा” बोलको गीत लिएर आएका छन् । पछिल्लो समय गायक किरन बाबु पुन नेपाली लोक सङ्गीत जगतमा नेपाली दर्शकहरुले आशा गरेको एक नक्षेत्र व्याक्ति हुन्।त्यसैले होला किरन बाबुले ल्याउने हरेक नयाँ गीतहरु प्रति दर्शकले धेरै माया र साथ दिने गरेका छन्। […]

नेपालले आज नामिबियाको सामना गर्दै

काठमाडौं,आषाढ,२७-आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ । नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने […]

विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं,आषाढ,२७-विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैछ।संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्दै जनसंख्या दिवश मनाउने गरिन्छ ।  विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलाई  युवा मानिन्छ।नेपालमा पनि हरेक जनसंख्या दिवस विभिन्न कार्यक्रम गरि मनाउने […]

आजको राशिफल ।।आषाढ २७ गते सोमवार ।।

काठमाडौं,आषाढ,२७-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २७ गते सोमवार, (जुलाई ११ तारिख) आशाढ शुक्ल द्धादशी तिथि, सोम प्रदोष विर्त/आज जनसंख्या दिवश पनि रहेको छ। आज आषाढ २७ गते सोमवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मन खिन्न हुने स्थिति आउनेछ ।अनावश्यक झमेलामा परिएला।यात्रामा विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा मनमा प्रसन्नता मिल्नेछ । वृष […]

परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट

काठमाडौं,आषाढ,२६- नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो । परराष्ट्र मन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको […]

रचनालाई निरन्तरता दिन स्रष्टालाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं,आषाढ,२६-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गर्नुभएको हो । उहाँले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि स्पष्ट […]

कांग्रेसले भातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदा टुंग्यायो

काठमाडौं,आषाढ,२६-नेपाली कांग्रेसले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको हो । पदाधिकारी बैठकले टुंगो लगाएको भ्रातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदालाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने तयारी छ । केन्द्रीय […]

आज तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

काठमाडौं,आषाढ,२६-प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ।सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।  आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।आषाढ शुक्ल एकादशीदेखि […]

श्रीलंकाका प्रधानमन्त्रीले सहमतीमा पार्टीका नेताहरू समक्ष राजीनामा दिने

एजेन्सी,आषाढ,२६-श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा […]