आज विश्व योग दिवस मनाइँदै

काठमाडौं,असार,७-अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । […]

सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप (एसपीपी) अस्वीकार गर्ने

काठमाडौं,असार,६-सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । नेपाली सेनाका तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको […]

एन्फा अध्यक्षमा पंकज बिक्रम नेम्बाङ र वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

काठमाडौं,असार,६-अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित हुनु भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आज सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित हुनु भएको हो । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँ वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यौ । नेम्बाङले ४५ मत […]

अखिल नेपाल फुटबल संघको निर्वाचन आज हुदै

काठमाडौं,असार,६-अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज  सोमबार निर्वाचन हुदैछ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ । फुटबल संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजिव […]

सुकुम्बासीलाई चाँडो जग्गाको स्वामित्व दिन आयोगलाई गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं,असार,४-गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।उहाँले भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिनुभएको हो । राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेश स्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रकृया पुरा गरेर जतिसक्दो चाडो भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गर्न […]

दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

दाङ,असार,४-दाङमा सुस्त मनस्थिति भएकी एक युवतीलाई गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको । तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको दाङ प्रहरीले जनाएको हो। बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर–५ […]

बासद्धरा बर्दियाको मधुवनमा जनगुनासो निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दिया,असार,४-बास नेपालले नागरिक सहायता कक्ष कार्यक्रम अन्तर्गत “जनगुनासो निवारण विषयक सामुदायिक अन्तरक्रिया कार्यक्रम” मधुवन नगरपालिका वडा न.९ मा शुक्रबार सम्पन्न भएको छ। बास नेपालका पुर्ब अध्यक्ष मन भन्डारी ले सहजिकरण तथा कार्यक्रम बारे जानकारी गराउनु भएको थियो।बास मधुवन उपशाखाका पदाधिकारी, स्थानिय जनप्रतिनिधी, समाजसेवी सहित ८०जना भन्दा बढी स्थानिय बासिन्दाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो। स्थानियको […]

नेपाल संग ओमान ७ विकेटले पराजीत

काठमाडौं,असार,१-आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । टेक्ससमा मंगलबार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो । मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।  […]

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार,संगै प्रतियोगिताको अन्त्य

काठमाडौं,असार,१-एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । कुवेतमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको हो । जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो । खेलको छैटौं मिनेटमा मुहमद […]

अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता “यस्तो छ”

काठमाण्डौं,जेठ,३१-अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा नेपालखबरलाई प्राप्त भएको छ। १० धारा, ६ पृष्ठमा समेटिएको यो मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए अब नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ। सम्झौतामा अमेरिकाका तर्फबाट त्यहाँको रक्षा मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ। नेपालका तर्फबाट नेपाली […]