आज मन्त्रिपरिषद् बैठक बस्दै,मन्त्री हेरफेर गर्ने जसपाको तयारी

काठमाडौं,असार,१४-प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो।तर, मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले […]

सभामुख अग्नी सापकोटा अजरबैजान प्रस्थान

काठमाडौं,असार,१४-सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्नुभएको छ । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ।सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय […]

जापानमा किन महँगो हुन्छ फलफूल ?

टोकियो,जापान,असार,१४-जापानमा किसानहरुले एउटै फलफूल उमार्न आफूसँग भएको सबै संसाधन प्रयोग गर्छन्।मान्छेले आफ्नो छोराछोरीलाई हुर्काएजस्तै गरी त्यहाँ फलफूलका बोट विरुवा र फल हुर्काइन्छ।किसानहरुले फल उब्जाउन गरेको मेहनतको सम्मान स्वरुप फलफूल महँगो मूल्यमा बेच्ने गरिन्छ । केही फलफूल मौसमी हुन्छन् । खरबुजा र यसका केही प्रजाति गर्मीयाममा मात्रै पाइन्छ भने स्याउ र स्ट्रबेरी जाडोयाममा पाइने फल हुन् […]

वामदेव गौतमको पार्टीमा छोरा र श्रीमती पनि केन्द्रीय सदस्य(सूचीसहित)

काठमाडौँ,असार,१४-वामदेव गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान पार्टी गठन हुदैछ।पार्टीको केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । वामदेव गौतमले आफ्नो पार्टीमा छोरा र श्रीमतीलाई समेत केन्द्रीय सदस्य राखेका छन् । जसमा गौतमपत्नी तुल्सी तुलसा थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य […]

माधव नेपालले सन्यास लिए हुन्छ : योगेश भट्टराई

काठमाडौं,असार,१२-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिनुभएको हो । उहाँले केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, […]

मन्त्रिपरिषद् पुनर्गठन:प्रधानमन्त्रीद्वारा नेकपा एसका मन्त्री हेरफेर

काठमाडौं,असार,१२-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ ।  नेकपा (एकीकृत समाजवादी) का चार जना मन्त्री नियुक्त भएका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको कार्य विभाजन गर्नु भएको हो । एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास […]

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं,असार,१०-साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३ सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको […]

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं,असार,१०-राष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्ने भएको छ ।बैठक दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध […]

एसीसी महिला टी-ट्वान्टी:फाइनल पुग्न नेपाल र युएई भिड्दै

काठमाडौं,असार,१०-एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज शुक्रबार नेपालले बलियो टोली युएईको सामना गर्दैछ । मलेसियाको किनरारा ओभलमा नेपालले युएईको सामना गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ८:१५ बजे सुरु हुनेछ । आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको […]

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं,असार,७-संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार पनि बस्दैछ ।प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ । प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ । बैठकमा संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका […]