कोहलपुरका जनताहरुले झुप्रो घरमा बस्नु पर्ने बाध्यता हट्छ : भट्टराई

झुप्रो भएका सबै घरलाई टिनमा बदल्ने प्रतिवदद्वता व्यक्त

मधुपौडेल,

बाँके,जेठ,२९-

नेपाली काँग्रेसबाट बाकेको कोहलपुर मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराई मेयरमा विजय भएमा कोहलपुरका जनताहरुले झुप्रो घरमा बस्नु पर्ने बाध्यता हट्ने भएको छ । सो कुराको उदघोष नेपाली काँग्रेसबाट बाकेको कोहलपुर मेयर पदका उम्मेद्वार भट्टराईले बताउनुभएको छ ।

कोहलपुर ११ लोकनगरमा सोमबार सम्पन्न भएको चुनावि सभालाई सम्बोधन गर्दै उहाँले कोहलपुर नगरपालिका भित्रका सबै झुप्रो भएका सबै घरलाई टिनमा बदल्ने प्रतिवदद्वता व्यक्त गर्नुभएको छ । असार १४ गते हुने स्थानिय तहको निर्वाचनको कोहलपुर नगरको मेयर पदमा उम्मेद्वारी पाएसँगै निर्वाचन प्रचार प्रसारलाई तिव्रता दिनुभएको छ ।

राष्ट्रिय तथा अन्र्तराष्टिय निकायहरुसँग सहकार्य गरेर रहेक ठाउँका झुप्रोवाला घरहरुमा पक्की घर निर्माण गर्ने परिकल्पना गरिएको बताउनुभयो । साथै उहाँले बन्खेतदेखि मसुरीखेत हुँदै चौराहसम्मको जंगलमा सुन्दर पार्क निर्माण गर्ने र पार्क भित्र कोहलुर अवलोक गर्न सकिने टावर निमार्ण गर्ने लक्ष्य लिईएको बताउनुभयो ।

अव्यवस्थित बसोबास गरी बसेका मुक्त कमौयालाई लालपूर्जा दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै निर्वा्चित भएकबो पहिलो बैठकबाट कोहलपुरका सम्पूर्ण मुक्त कमौयाहरुलाई लालपूर्जा दिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर उपमेयर पदकी उम्मेद्वारी सन्जु कुमारी थारुले थारु जाति जहिले पनि पछि परेको भन्दै थारुको पहिचान र प्रतिष्ठानलाई बचाउनका लागि काँग्रेसले थारु सामूदायिलाई जोड दिएको बताउनुभयो ।

चुनावी वडा सभालाई सम्बोधन गर्दै नेपाली काँग्ेस महासमिति सदस्य नारायण प्रसाद गौडेलले नेपाली काँग्ेस जनताको पार्टी भएकोले सबै जनतालाई धनी र गरिबीको रेखामुनीबाट मुक्त गराउनका लागि मुलुकमा पटक पटक भएको आन्दोलनको नेतृत्व गरेको भन्दै जनताले दिएको जिम्मेवारी पुरा गर्न नेपाली काँग्रेस संघै लागि परेको बताउँनुभयो ।

नेपाली काँग्रेस कोहलपुर वडा ११ का कार्यवाहक अध्यक्ष रामु लम्सलाको सपभापतिमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय पदाधिकारी, कोहलपुर नगर कार्यसमितिका पदाधिकारी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाली काँग्रेसका मेयर तथा उपमेयरले कोहलपुर ४ र १४ नम्बर वडाहरुमा घरदैलो अभियान गरेको थियो । घरदैलो अभियानका क्रममा मेयर भानुभक्त भट्टराईले नेपाली काँग्रेसको रुख चिन्हमा भोट दिएर निर्वा्चित गराउन अनुरोध गर्नुभएको थियो ।