वान वे फिल्मस्ले ल्यायो लामीछानेको “झाले गोरु”

सिर्जना बर्देवा,

ओखलढुङगा,असार, ७-

चर्चित गायीका अमृता लामीछानेको “एउटो गोरु झाले ” चर्चामा रहेको छ । लोक पप शैलीको यस गित सार्बजनिक भए लगतै चर्चामा आएको हो । छमछमी नाचाउने यस गितलाई दर्शक स्रोताले अत्यन्त रुचाएका छन् ।

संजय दाहालको शव्द सिर्जना रहेको यस गितमा मधुसुदन डाँगीको लय सिर्जना रहेको छ । सुनिता दाहालको प्रस्तुती रहेको यस गितमा चर्चित गायक रामजी खाण र लामीछानेको सुमधुर स्वर रहेको छ । म्युजिक भिडियोमा गायक खाण सगै रिना थापा मगरको धमकेदार अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौंहानको निर्देशन रहेको यस भिडियोको छायांकन बासु बरालले गरेका छन् भने सम्पादन मिलन बिकको रहेको छ । यस लोकपप गितको अडियो तथा भिडियोलाई वान वे फिल्मस्ले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।