काठमाडौं,असोज,१७-
केहि दिन देखि नेपाली राजनीतीमा देखिएको तरंगले मंसिरमा हुने प्रदेश र संसदको चुनाव होला कि नहोला भन्ने आमजनतामा आशंका उब्जी रहेका बेला अन्तत् देउवा सरकारले नै प्रदेश र संसदको चुनाव गराउने भएको छ ।
एमालेसँग चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति गरेको नेकपा माओवादी केन्द्रले चुनाव अघि सरकार परिर्वतन नगर्ने बताए पछि देउवाकै नेतृत्वमा चुनाव हुने भएको हो ।
अहिले माओवादीको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठवन्धन सरकार छ । माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि देउवा सरकारको भविश्यबारे प्रश्न उठेको थियो ।
आज एमाले र माओवादी शीर्ष नेताहरुको वार्तामा आसन्न चुनावअघि सरकार परिर्वतन नगर्ने सहमति भएको छ ।
माओवादीका एक नेताका अनुसार चुनावी तालमेल र एकता हाम्रो आन्तरिक विषय हो र कांग्रेसले पनि अरु कुनै दलसँग तालमेल वा एकता गर्न सक्छ । हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं भन्ने सन्देश दिएको बताउनुभयो ।
माओवादीको यो बचनपछि मंसिरको प्रदेश र संसदको चुनाव देउवा सरकारले नै गराउने लगभग पक्का भएको छ । तर, प्रधानमन्त्री देउवाले राजीनामा दिएमा भने एमाले र माओवादी मिलेर अर्को सरकार बनाइने नेताहरुले बताएका छन् ।