कांग्रेस र राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं,असोज,२३-

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले केहि बेरमा प्रधानमन्त्री निवासमा बस्दैछ । बैठकमा कांग्रेसले सरकार पुनःगठनका विषयमा थप छलफल गर्ने काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।

यस्तै बैठकमा दलहरुले मागेका सिट संख्या, तालमेल रणनीति, सरकार पुनःगठनलगायतका सबै विषयमा छलफल हुने नेता लेखकले बताउनुभयो । उहाका अनुसार राप्रपालाई सरकारमा ल्याउने गरि गृहकार्य भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गर्नु भएको छ ।

राप्रपा कार्यसम्पादन बैठक
राष्ट्रिय प्रजातन्त्र केन्द्रीय पार्टीको कार्यसम्पादनको बैठक आज बस्दै छ । अहिले केहीबेरमा पार्टी कार्यलयमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै यस विषयमा थप छलफल गर्ने पार्टीले जनाएको छ ।

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गर्नुभएको छ । आजको बैठकले सरकारमा जाने निर्णय गरेमा थापालाई महत्वपूर्ण मन्त्रालय दिएर सरकार पुनर्गठन हुने स्रोतको दाबी छ ।

राप्रपा उच्च स्रोतका अनुसार माओवादी मन्त्रीलाई हटाउन देउवाले सरकार विस्तार नभएर पुनर्गठन गर्नुहुने भएको छ । पुनर्ग्ठित सरकारमा कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने सम्भावना छ । थापाले देउवासँग गृहसहित पाँचवटा मन्त्रालयको जिम्मेवारी मागेका छन् । नेपालवाणी बाट