५० वर्ष शासन गन कम्युनिष्टको सपना पाँच मिनेट नटिक्ने काग्रेस नेता खाणको दाबी

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर २-
नेपाली काँग्रेसले सदरमुकाम ओखलढुंगामा चुनावी सभा आयोजना गरेको छ । ढिलो गरि शुरु भएको कार्यक्रममा काग्रेस नेता बालकृष्ण खाणले सम्बोधन गर्नुभएको छ । नेता खाणले कम्युनिष्टहरुको ५० वर्ष शासन गर्ने सपना पाँच दिन पनि नटिक्ने ठोकुवा गरेका छन् ।

ओखलढुंगाका जनाताले बिगत देखी नै जीताउदै आएको र यसपाली पनि काग्रेस बिजयी गराउने दाबी गर्नु भयो । त्यस्तै नेतृ मृदुला कोइराला पनि चुनावी सभामा सहभागी हुन ओखलढुंगा आउनुभएको छ । कार्यक्रमलाई कांग्रेसका केन्द्र तथा जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए ।