जनता क्याम्पसमा कार्यपत्र प्रस्तुती तथा छलफल सम्पन्न

रोशन घर्ती/

दाङ,पौष,१४-

दाङको बिजौरीस्थित जनता क्याम्पस अंग्रेजी विभागको आयोजनामा आज क्याम्पसमा कार्यपत्र प्रस्तुती तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अंग्रेजी विभागका तर्फबाट सहायक प्राध्यापक दुर्गालाल केसीले ‘ल्याक अफ डिभाइन जस्टिस इन किङ लियर’ शिर्षकमा अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि अंग्रेजी विभागका अध्यक्ष सहप्राध्यापक गिरिशचन्द्र तिवारीले टिप्पणी गर्नुभएको थियो । क्यँम्पस प्रमुख माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्राध्यापक हरिप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा सहप्राध्यापक ईन्द्रजीत सिंह, उपप्राध्यापक खगेन्द्र घोडासैनी र उपप्राध्यापक लोमश लामिछानेले कार्यपत्रमाथि टिप्पणी गर्दै सुझाव दिनुभएको थियो । कार्यक्रमको सहजिकरण उपप्रँध्यापक झबिन्द्र पाण्डेले गर्नुभएको थियो ।

बिभिन्न विभागका तर्फबाट मासिक अनुसन्धानमुलक कार्यपत्र प्रस्तुती र छलफल कार्यक्रम गर्दै आएको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिनुभयो ।