नुवाकोट समाज क्युशुको जापानमा क्षेत्रीय कमिटी गठन

मिलन मगर/

फुकुओका,जापान,माघ,१७-

नुवाकोट समाज क्युशुले मंगलबार जापानमा क्षेत्रीय कमिटी गठन गरेको छ । जापानमा नुवाकोटका बिभिन्न ठाँउबाट उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा कर्म भुमी बनाउदै आएका सबै नुवाकोट बासीलाई क्युशु क्षेत्रमा गोलाबद्ध गराउने उद्देश्यले नुवाकोट समाज क्युशु क्षेत्रिय कमिटी गठन गरेको हो । 

उक्त कमिटीले प्रकाश लामिछानेको नेतृत्वमा २३ सदस्य समिती गठन गरेको छ । यस्तै उपसंयोजकमा दुई जना ईश्वर अधिकारि र सुनिल प्याकुरेल लाई चयन गरेको छ, भने सचिवमा बिष्णु मणी गजुरेल, सह- सचिवमा बिकास पन्त ,कोषाध्यक्षमा प्रदिप थापा यस्तै प्रबक्तामा उदयराज रैला र सल्लाहाकारमा अर्जन थापा लाई चयन गरेको हो ।

कमिटी गठनबाट नब निर्बाचित कमिटिका पदाधिकारीहरुले नुवाकोट जिल्लामा पिछडीयका ठाउँमा संस्थाले गर्नु पर्ने आवश्यक सहयोग गर्ने बताएका छन् । नव गठित संगठनले आगामी दिनमा सदस्य थप्ने पनि निर्णय गरेको छ ।

यस्तै : कमिटी गठनमा सहभागी NRNA क्युशुका प्रतिनिधि देबराज उप्रेती लगायत अन्य उपस्थीत प्रतिनिधिले शुभ-कामना मन्तब्य दिएका थिए   ।  उक्त समाजको कमिटी गठन हाकताको नमस्ते रेष्टुरेन्टमा सम्पन्न भएको थियो । 

( नुवाकोट समाज क्यूसु क्षेत्रिय कमिटिको कार्यसमितीको नामावली )

नुवाकोट समाज क्युशुका पदाधीकारीहरु

१. संयोजक :- प्रकाश लामीछाने
२. उपसंयोजक :- इश्वर अधिकारि
३ उपसंयोजक :- सुनिल प्याकुरेल
४ सचिब :- बिष्णु मणी गजुरेल
५ सह- सचिब :- बिकास पन्त
६ कोषाध्यक्ष :- प्रदिप थापा
७ प्रवक्ता :- उदयराज रैला

( सदस्यहरुमा )
१ राजेन्द्र श्रेष्ठ
२ रविन खुलाल
३ बिस्सु कुवर
४ उपेन्द्र भट् राइ
५ भुबन पन्डित
६ राजेन्द्र तामाङ
७ दिनेश रिमल
८ सुमन लामिछाने
९ दिपक श्रेष्ठ
१० अप्सरा खतिवडा
११ दिवस बस्नेत
१२ सुमन न्यौपाने
१३ सुमेक्षा तामाङ
१४ ॠषि रिमाल
१५ दिपा घलान
( सल्लाकार )
१ अर्जुन थापा