काठमाडौं, चैत,५-
युएस–बंगला एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका २३ जना बंगलादेशी नागरिकको शव आज बंगलादेश लगिएको छ । उनीहरुको शव बंगलादेश एअरफोर्सकोमार्फत् ढाका लगिएको हो ।
विमान दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो । तीमध्ये तीनजनाको शव अझै पहिचान भएको छैन ।
शवहरुलाई बंगलादेशको सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको बंगलादेशी सन्चारमाध्यमहरूले जनाएका छन् ।श्रद्धाञ्जलि समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने बंगलादेशी सन्चारमाध्यमले जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सो विमान दुर्घटनामा परी घाइते भएका १० बंगलादेशीमध्ये दुईजनालाई उपचारका लागि सिंगापुर लगिएको छ । ६ जनाको ढाका मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई नयाँदिल्ली लगिएको जनाइएको छ ।ईमेजखबरबाट