नेपालगन्जमा ईद धुमधामका साथ मनाउँदै

के-पी-घिमिरे/
नेपालगन्ज,असार,२-
मुस्लिम धर्मावलम्बीको चाड ईद-उल-फित्र बाँकेको नेपालगन्जमा पनि अाज धुमधामका साथ मनाईएको छ। नेपालगन्ज बि-पी-चोक स्थित जामा मस्जिदमा हजारौंको सङ्ख्यामा जम्मा भई बिहान ९ बजे सामूहिक नमाज पढी ईद पर्वको खुसियाली साटासाट गरिएको छ ।

यस पर्वमा खुसियाली साटासाट गर्न नेकपाका बाँके जिल्लाका नेताहरु दामोदरप्रसाद अाचार्य, देबराज भार, रत्न खत्री, पदम प्रसाद धिताल, त्यसै गरी नेपाली कांग्रेस कि बाँके सभापति किरण कोईराला, डा- सुरेशकुमार कानोडिया, नेपालगन्ज उपमहानगरपालिका मेयर डा- धवल समसेर राणा, उपमेयर उमा थापा , बिबेकशिल पार्टीका जिल्ला संयोजक डा -विनोद कर्ण, लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु पनि शुभकामना साट्न त्यहाँ उपस्थित भएका थिए ।

मुस्लिम समुदायका व्यक्तिहरुलाई बिभिन्न संघ संस्थाले पानी खुवाउने व्यवस्था गरेका थिए । जसमा उपमहानगरपालिका , नेपालगन्ज उद्योग वार्णिज्य संघ, बिबेकशिल साझा पार्टी लगायतका थिए ।