विश्वकपमा जापानको शानदार जित : जितसँगै जापानको ३ अंक

जापान दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो एसियाली राष्ट्र

काठमाडौं, असार, ५-

जापानले विश्वकप फुटबलमा शानदार विजयी सुरुआत गरेको छ ।आज मंगलबार भएको समूह ‘एच’को खेलमा जापानले कोलम्बियालाई २–१ ले पराजित गर्‍यो ।

खेलको छैटौं मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको थियो । सिन्जी कागावाले पेनाल्टीमार्फत् गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

कोलम्बियाका कार्लोस सान्चेजले ‘डी बक्स’भित्र हातले बल रोकेपछि चौथो मिनेटमा रातोकार्ड खाएका थिए । जुन जारी विश्वकपकै पहिलो रातोकार्ड हो ।

त्यसैगरी, खेल सुरु भएको कम समयमै रातो कार्डखाने समयका आधारमा सान्चेज दोस्रो खेलाडी बनेका छन् ।यसअघि, सन् १९८६ मा उरुग्वेका खेलाडीले ५६ सेकेन्डमै रातोकार्ड खाएका थिए ।

खेलको ३९औं मिनेटमा कोलम्बियाका हुँवा क्विन्टेरोको गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

तर, ७३औं मिनेटमा जापानका याया ओसाकोले गोल गर्दै जापानलाई २–१ ले जिताए ।कोलम्बियाका आकर्षक खेलाडी जेम्स रोड्रिग्वेजले गोल गर्न सकेनन् ।

जितसँगै जापानले महत्वपूर्ण ३ अंक बटुलेको छ । साथै, जापान विश्वकप फुटबलमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने पहिलो एसियाली राष्ट्र पनि बनेको छ ।

(भिडीयो  पनी हेर्नुहोस् )

https://youtu.be/6VHTarGR8Bw