लोकेन्द्र जिसीको आवाजमा नयाँ देउडा गीत “तम्रा घर कर्णाली पारी” बजारमा

नेपालगन्ज,चैत्र,२२-
चर्चित लोकदोहोरी गीत ‘रुन परे पछि’ जस्ता दर्जनौं चर्चित गीतहरुमा आफ्नो लय शब्द तथा स्वर दिइसकेका गायक, मोडल तथा संकलक लोकेन्द्र जिसीले नयाँ मौलिक देउडा गीत बजारमा ल्याएका छन।

सुन्दा निकै आनन्द लाग्ने उक्त मौलिक गीतमा लय तथा शब्द सुरेश रानामगरको रहेको छ भने लोकेन्द्र जिसी र टीका पुनको आवाज रहेको छ।

 

 

अत्याधुनिक प्रबिधी ड्रोनद्वारा कर्णाली प्रदेशका विभिन्न स्थानमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा पवन कुमार योगी,प्रेमा बिक , मदन रेग्मी र सुमित्रा चौँधरीको आकर्षक अभिनय रहेको छ।

उक्त गीतको भिडियोमा चन्द्र मन्दिर मगरको निर्देशन, मान बहादुर वलीको छायांकन तथा ड्रोन र चानस पुन मगरको सम्पादन रहेको गायक जिसीले बताए।

सुरेश राना नामक युटुब च्यानलबाट बजारमा आएको उक्त गीतलाई अहिले सबैले रुचाई रहेका छन।