नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यू जापानले दोस्रो महाधिवेशन गर्ने

फुकुओका,जापान,बैशाख,२३-

नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यू जापानले महाधिवेशन गर्ने भएको छ । महासंघले यहि आउदो मे महिनाको १९ तारिख अर्थात (जेठ ५ गते) आईतबारका दिन दोस्रो क्षेत्रीय अधिवेशन गर्न लागेको हो । 

यस महाधिवेशनबाट जापानको क्यूस्यूमा रहेका सम्पुर्ण जनजातीसंग आबद्ध संघसंस्थाबाट प्रतिनिधित्व रहने गरि नयाँ कार्यसमिती चयन गरिने महाधिवेशन कार्यसमितीका संयोजक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

बेलुकि ६ बजेबाट फुकुओकाको मिनामी सिमिन सेन्टरमा सुरु हुने उक्त महाधिवेशलाई सफल पार्न सम्पुर्ण फुकुओकाबासी नेपालीहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई उपस्थीतीको लागी आह्वान गरिएको छ । 

नेपाल आदिवासी महासंघ,दद जापानको क्यूस्यू क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपाली आदिवासी जनजातीसंग आबद्ध संघ संस्थालाई एकिकृत गरी जनजातीहरुको हकहित अधिकारको लागि आवाज उठाउने र व्यक्तीमा आएको समस्यालाई सामुहिक रुपमा समाधान गर्दै पहल कदमी गर्ने उद्देश्यले वि.स २०७४ सालमा गठन गरिएको थियो । 

यस्तै कार्यसमिती चयन गरिएको दुईवर्ष पुरा भएको अवसरमा गएको अप्रिल महिनाको ३० तारिखका दिन महासंघका अध्यक्ष विष्णु तामाङको अध्यक्षतामा बसेको बैठकले दोस्रो महाधिवेशन गर्ने निर्णय गर्दै रामकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय महाधिवेशन   कार्यसमिती गठन गरेको थियो । 

उक्त ६ सदस्यीय महाधिवेशन कार्यसमितीमा रामकृष्ण श्रेष्ठ, भिम गुरुङ,सन्तमान शाक्य,दिपक राना मगर,सुरेन्द्र घिसिङ,रोशन राई रहेका छन् । 

नेपाल आदिवासी जनजाती महासंघ नेपालमा वि.स २०४७ सालमा स्थापना भएको थियो । यो प्रतिनीधीमूलक साझा संस्था नेपाल आदिवासी जनजाती महासंघ हो । यो महासंघले एक स्वायत्त, राजनीतीक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय सरकारी मान्यता प्राप्त संस्था हो ।

नेपाल आदिवासी महासंघ जनजातीहरुको हक, हितका, अधिकारका लागी विश्वभरीका आदिवासी जनजातीहरुको संघसंस्थाहरुसंग सहकार्य गर्दै स्थापना काल देखि नै निरन्तर क्रियाशिल रहदै आएको छ ।