पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया

नेपालगन्ज,जेष्ठ ,०७-


बाँकेको खजुरामा मंगलबार पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ।

खजुरामा आयोजित एक कार्यक्रमका सहभागिले पशुपंक्षि विमा लागतमा नभई उत्पादनमा गरिनुपर्नेमा जोड दिएका छन । खजुरा गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा पशुपंक्षि मत्स्य विमा सम्बन्धी सरोकारवालाहरुसगँ अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले विमाको आवश्यकता धेरै भएपनि झण्झटिलो प्रक्रिया हुदाँ रकम लिन कठिनाई हुने गरेको गुनासो गरेका थिए ।

विमाको प्रक्रियालाई सर्व सुलभ बनाइए आफ्नो पशुपंक्षिको विमा गर्ने किसानहरुको जोड रहेको पशु सेवा शाखाका प्रमुख बुद्धि बहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, ३ नम्बर वडाका वडाध्यक्ष कान्तुराम गौतम, ५ नम्बर वडाका वडाध्यक्ष देवेन्द्रमान श्रेष्ठ, भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नेपालगन्जका प्रमुख डा हरि बहादुर कुंवर, कृषि शाखा खजुराका प्रमुख समिर ठाकुर, अगुवा किसान, विमा कम्पनिका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।