भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं,असार,२-भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ।सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

 

जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्।