काठमाडौं,साउन,१९-प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ठाडो निर्देशन दिनु भएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ ।शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै राजीनामा दिन आग्रह गरेको बताइएको छ । शाक्य अगाडि प्राधिकरणको निर्देशकमा घिसिङ नै रहनुभएको थियो ।
घिसिङको कार्यावधि सकिएपछि तत्कालीन केपी शर्मा ओलीको सरकारले शाक्यलाई २०७७ माघ २७ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
शाक्यलाई नियुक्त गर्नुअघि घिसिङलाई नै फेरि प्राधिकरणको निर्देशकमा पुर्ननियुक्ती गर्न माग गर्दै व्यापक जनदबाब आएको थियो । तर तत्कालीन सरकारले जनदबावलाई वेवास्ता गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो ।