एजेन्सी,भदौ,३-अफगानिस्तान तालिबानले कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ।
यसै क्रममा तालिबानले आफूसँग सीमापार व्यापार बन्द गरेको भारतले जनाएको छ।सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे।
फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ) का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो। योसँगै लाखौं डलरका सामान आयात-निर्यात रोकिएका छन्।
व्यापारका लागि अफगानिस्तान भारतको ठूलो सहयोगी मुलुक थियो। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी गरेको छ।