टोकियोमा जापान नेपाल फुटबल संघको कार्यालय उदघाटन सम्पन्न

प्रमुख संरक्षक र सल्लाहाकार सहित १९ सदस्यको कार्यसमिती गठन

फाईल तस्विरमा : जापान नेपाल फुटबल संघको नयाँ कार्यसमितिमा चयन भएका सदस्यहरु ।।

टोकियो,जापान,असार,४-टोकियोमा “जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उदघाटन भएको छ।

असार ३ गते आईतवारका दिन टोकियोको फुस्सा सि कुमागावा भन्ने स्थानमा “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)” को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गरिएको हो।

उदघाटन कार्यक्रममा जापान स्थित नेपाली राजदुत डा. महामहिम डा. दुर्गा बहादुर सुवेदीको प्रमुख अतिथ्यमा NRNA ICC उपाध्यक्ष श्री रोबिन प्रसाद शेरचन् र , अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष श्री बिर बहादुर खड्का, पुर्ब राष्टिय फुटबल कप्तान तथा खेलाडीहरु राजुकाजी शाक्य, उमेश प्रधान, हरि खड्का लगायत जापानका बिभिन्न संघ संस्थाहरुको प्रतिनिधीहरुको उपस्थितीमा कार्यालयको उदघाटन संगै प्रमुख संरक्षक र सल्लाहाकार सहित १९ सदस्यको कार्यसमिती पनि गठन गरिएको थियो।

उक्त कार्यसमितीमा प्रमुख संरक्षक-नेपाली राजदुतावास टोकियो, जापान रहने छ, भने संरक्षकमा रोबिन प्रसाद शेरचन, भवन भट्ट, त्यसैगरी सल्लाहाकारहरुमा नबिन न्यूरे र बिजेश थकाली, ददिवल खड्का, महेश श्रेष्ठ, मोहन घले, बलराम श्रेष्ठ, जिज्ञान कुमार थापा, दिपक सुवेदी, शिव प्रसाद पौडेल, शिव हरि पौडेल, ईश्वर गुरुङ,रमेश गुरुङ, दिपक कडेल, शान्त पहारी, रेशम डंगोल रहनु हुनेछ।

यसैबिच:“जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को मानार्थ अध्यक्षमा बसन्त गौचन रहनु हुनेछ, भने अध्यक्षमा शिव खड्का चयन हुनु भएको छ।

यस्तै:बरिष्ठ उपाध्यक्षमा हरि ठकुरी, उपाध्यक्षहरुमा विशन गौचन,रोशन बजिमय, सुरज लामा र मनोज श्रेष्ठ रहनु हुनेछ।

त्यस्तै:एन्फा जापानको महासचिवमा भुवन निरौला चयन हुनु भएको छ,भने सह-महासचिवहरुमा चन्द्र घर्ति मगर, अखिल लामा र निरज डिसी रहनु हुनेछ।

यसैगरी:संघको कोषाध्यक्षमा शुसिला थापा चयन हुनु भएको छ,भने सह-कोषाध्यक्षमा राम पनेरु रहनु हुनेछ।

त्यसैगरी:“जापान नेपाल फुटबल संघ (एन्फा,जापान)” को सदस्यहरुमा यम पाईजा मगर, ओम थापा मगर, सागर कार्की बिरेन्द्र शाही, बिशाल कार्की, हरेराम थापा चयन हुनु भएको छ।