व्यापक विरोध भएपछि विमान कम्पनीहरू अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने

फाईल तस्विर !!

काठमाण्डौं,असोज,१३-नेपालको विभिन्न भागमा दुई दिन परेको अविरल वर्षाका कारण काठमाण्डौं बाट देशका विभिन्न ठाँउमा जाने सडक बाढी र पहिरोलो अवरुद्ध भएको छ।

सडक यात्रा अवरुद्ध भएसंगै  यात्रुहरुको एक मात्र गन्तव्य बन्यौ हवाई यात्रा, यसले हवाई यात्रा गर्ने यात्रुको संख्या उल्लेखमा मात्रा बढेपछि निजी विमान कम्पनीले आफू खुशी ५ हजार लाग्ने टिकट यात्रालाई दोब्बरले बढाएर १० हजारको हाराहारीमा पुराए पछि त्यसको जनस्तरबाट व्यापक विरोध भएपछि विमान कम्पनीहरूले आउँदो तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन्।

विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले अधिकतम मूल्य नलिने निर्णय गरेको हो।भोलि सोमवार, पर्सि मङ्गलवार र बुधवारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको सङ्घका अध्यक्ष मनोज कार्कीले जानकारी दिनुभयो ।

काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन्।यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर निजी विमान कम्पनीले अस्वाभाविक रूपमा बढाएको थियो।