नेपाल प्रिमियर लिग अक्सनमा : रु १५ लाखमा १२ खेलाडी बिके

फाईल तस्विर ||

काठमाडौं,असोज,२०-नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आज भएको अक्सनमा रु.१५ लाखमा  १२ खेलाहरु बिकेका छन्।

१५ लाखमा बिक्रि (सोल्ड) हुने खेलाडीहरुको नामावली ।।

१. ललितनारायण राजवंशी – जनकपुर बोल्ट्स

-ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन्। उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए। तर, बिड १५ लाखसम्म पुगेपछि गोला प्रथाबाट जनकपुर बोल्ट्समा पुगेका हुन्।

२. सूर्य तामाङ – लुम्बिनी लायन्स

-सूर्य तामाङ १५ लाख रुपैयाँमा बिक्री भएका छन्।सबै टिमले रुचि राख्दा बिड १५ लाखसम्म पुगेपछि गोलाप्रथाबाट लुम्बिनी लायन्समा पुगेका हुन्।

३. लोकेश बम – विराटनगर किङ्स

-लोकेशलाई काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र विराटनगरले अधिकतम १५ लाख रुपैयाँको बोली लगाए पछि।गोलाप्रथाबाट लोकेश विराटनगर पुगेका हुन्।

४. प्रतीश जिसी – विराटनगर किङ्स

-जिसीलाई काठमाडौं गुर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले १५ लाख रुपैयाँको बोली लगाए पछि गोलाप्रथाबाट उनी विराटनगर पुगेका हुन्।

५. शाहब आलम – काठमाडौं गुर्खाज

-आलमलाई काठमाडौं र पोखरा एभेन्जर्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएपछि गोलाप्रथाबाट उनी काठमाडौं पुगेका हुन्।

६. सागर ढकाल – पोखरा एभेन्जर्स

– सागरलाई सुदूरपश्चिम रोयल्स,चितवन राइनोज,कर्णाली याक्स र पोखरा एभेन्जर्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका पछि गोलाप्रथाबाट उनी पोखरा पुगेका हुन्।

७. विवेक यादव – लुम्बिनी लायन्स

-यादवलाई सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र चितवन राइनोजले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका पछि गोलाप्रथाबाट उनी लुम्बिनी पुगेका हुन्।

८. अनिलकुमार साह – जनकपुर बोल्ट्स

-साहलाई सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाए पछि गोलाप्रथाबाट उनी जनकपुर पुगेका हुन्।

९. आरिफ शेख – सुदूरपश्चिम रोयल्स

-शेखलाई सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाए पछि गोलाप्रथाबाट उनी सुदूरपश्चिम रोयल्स पुगेका हुन्।

१०. भीम सार्की – काठमाडौं गुर्खाज

-सार्कीलाई चितवन राइनोज, काठमाडौं गुर्खाज र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाए पछि गोलाप्रथाबाट उनी काठमाडौं गुर्खाज पुगेका हुन्।

११. सन्दीप जोरा – लुम्बिनी लायन्स

-जोरालाई पोखरा एभेन्जर्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी लुम्बिनी पुगेका हुन्।

१२. गुलसन कुमार झा – कर्णाली याक्स

-झालाई चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले उनीमाथि बोली लगाएका थिए।गोलाप्रथाबाट उनी कर्णाली याक्स पुगेका हुन्।

आयोजक नेपला क्रिकेट संघ (क्यान)का अनुसार अक्सनमा डेढ सयभन्दा बढी खेलाडीहरुले सहभागी जनाएका थिए।

क्यानले यसअघी नै नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने ८ टिमका लागी मार्की खेलाडी टुङ्ग्याई सकेको थियो।

यस्तै: चितवन राइनोजमा कुशल मल्ल, लुम्बिनी लायन्समा रोहित पौडेल, काठमाडौं गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, विराटनगर किंग्समा सन्दीप लामिछाने, जनकपुर रोयल्समा आसिफ शेख, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिता आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ।