एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र जनकपुर खेल्दै

विजेता टिमले १ करोड १० लाख पाउने

काठमाडौं,पुस,६-नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हुँदैछ ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ।फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

फाइनलमा आउनुपूर्व यी दुई टोली दुईपटक भिडिसकेका छन् । दुवै भेटमा सुदूरले सहज जित हात पारेको छ।

शनिबारको फाइनलमा दुवै टोलीले आफ्नो बेस्ट खेल प्रदर्शन गर्ने कप्तानहरूको भनाइ छ।

यसबिच : एनपिएलको विजेता टिमले १ करोड १० लाख पाउने छ। विजेता टिमले १ करोड १० लाख पाउने छ।

यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।

एनपीएलको प्लेअफमा पुग्ने जनकपुर बोल्ट्स, सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोज प्रत्येक टिमको कम्तिमा १५ लाख पुरस्कार निश्चित भएको छ ।