नेपालगन्जलाई विकासको सुशासनयुक्त उपमहानगर बनाउने ८ बुदें प्रतिबद्धता

बाँके,असार,२९-

नेपालगन्ज उपमहानगरपालीकाको समग्र बिकासका साथै सुशासनयुक्त उपमहानगर बनाउने लगायत विभिन्न ८ बुदें प्रतिबद्धता एक कार्यक्रममा गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालीकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा आज नेपालगन्जमा सम्पन्न नेपालगन्ज उपमहानगरपालीकाले दिने सेवा र सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा ति प्रतिबद्धता गरिएको हो ।

सुनुवाईमा गरिएका अन्य प्रतिबद्धताहरुमा सडकमा मासु पोलेर दुर्गन्धित गर्ने कार्यलाई तत्काल रोक्ने, फोहोर ब्यवस्थापनका लागि २ हजार डस्टबिन तत्काल वितरण गर्ने, नेपालगन्जको फुल्टेक्रा देखि पुरैनी सम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्ने, महेन्द्र

बहुमुखि क्याम्पसमा निर्माणाधिन डिग्री ब्लग र छात्राबास निर्माण कार्य पूर्ण गर्ने, नेपालगन्जमा रहेका अब्यवस्थित पशु बधशाला ब्यवस्थित गर्ने, उपमहानगरलाई सरसफाईयुक्त बनाउन आधुनिक घुम्ति शौचालयको ब्यवस्था गर्नुका साथै सार्वजनिक शौचालयको

ब्यवस्था गर्ने र सुझाव पेटिका ब्यवस्थित गरि हरेक हप्ता सुझाव पेटिका खोलीनागरिकका गुनासो सुनुवाई गर्ने प्रतिबद्धता गरिएको छ । बिस बर्ष पछि जन प्रतिनिधिहरुसँग हाका हाकी प्रश्न गर्न पाउदा हर्सित भएका उपमहानगर बासिहरुले दर्जनौ प्रश्न तथा गुनासाहरु राखेका थिए ।

नगरबासिहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ सुनुवाईमा सरोकारवालाको रुपमा आसिन नेपालगन्ज उपमहानगरपालीकाका नगर प्रमुख डा. धवल शम्सेर राणा, उप प्रमुख उमा थापा मगर, कार्यकारी अधिकृत भिम बहादुर कुबंर लगायत कर्मचारी तथा वडा अध्यक्षहरुले दिएका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको सुनुवाईमा उपमहानगरपालीकाले दिने सेवा र सुविधाका बिषयमा गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्बेक्षणको नतिजा बासका उपनिर्देशक हेमराज भट्टले प्रश्तुत गरेका थिए ।

बासका अध्यक्ष मन भण्डारीले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा चार सय बढी नगरबासिहरुको सहभागीता रहेको थियो । सुनुवाई नेपालगन्ज स्थित नगर भवनको हलमा सम्पन्न भएको हो ।