नेपाल आईडलको उपाधी चुम्ने सपना

लक्ष्मी बि.सी,

बाँके,असार,३०-

नेपाल आईडलको उपाधी प्राप्तीका लागि आफुलाई भोट गरिदिन गाएक सुरज थापाले आग्रह गर्नुभएको छ । सांगेतिक क्षेत्रको अहिले सम्मको ठुलो प्रतियोगिता नेपाल आइडलको टप ११ सम्म पुगेका थापा अब दर्शक श्रोताको भोटले आफ्नो सपना पुरा हुने बताउनुभयो ।

नेपाली तारा सेसन २ मा टप ७ सम्म पुगेका उहाँ अहिलेको नेपाल आइडलको उपाधी चुम्ने सपनाका साथ लागिपरिरहनुभएको छ । “मेरो सानैदेखीको सपना साकार पार्न लागिपरेको छु । कृपया मलाई भोट गरिदिनुहोस”उहाँले भन्नुभयो । सफल हुन्छु भन्ने सपना छ ।सपना साकार पार्न सबैले मलाई भोट गरिदिनुहोस उहाँले भन्नुभयो ।

म रहेसम्म सङगीतमै रहनेछु सङगीत बाहेक अन्य क्षेत्रमा केही गर्न सक्दिन होला । एपी वान टेली भिजन बाट नेपाल आइडल हरेक बिहिबार राती पौने ९ बजे देखी सुरु हुदै आइरहेको छ । शुक्रबार मध्यान्न १२ बजे सम्म भोट गर्न सकिने छ ।

दाईको सपना पुरा होस भन्ने चाहना हो भाई लक्ष्मण थापाले भनाई छ । स्कुले जिवन देखी नै संङगीतमा लागिरहेको दाईको सपना पुरा गर्न भोटको आवश्यकता छ उहाँले भन्नुयो । पहिले नेपाली ताराको टप ७ सम्मको पुगेको दाईको सपना पुरा भएन अहिलेको नेपाल आइडलमा दाईको सपना पुरा गर्न लागिरहेका छौ ।

भोट गर्नका लागि mयदष्भि को mभककबनभ दयह मा गयेर ज्ञठ लेखेर तेसलाई घछद्दद्दछ मा पठाउन सकिने उहाँले बताउनुभयो । बाँकेको चिसापानी घर भएका उहाँ दैलेख जिल्लामा बुवा मान बहादुर थापा र आमा दिलमाया थापाको कोखबाट २०४३ सालमा जन्मिनुभएको हो घरको माहिला छोराका रुपमा जन्मिएका उहाँ सानै देखी संगीतमा रुची राख्नुहुन्थ्यो

२०६० सालमा भागेर काठमाडौं आएका उनी आर आर कलेज भरना भए। उनको बुवालाई थाहा नदिई घरबाट भाग्दा आमाले लुकाएर दिएको अलिकती पैसा थीयो उनको खल्तीमा तर मनको सपना त्यो पैसाले धान्न नसक्ने। काठमाडौं त आए तर यहाँको परीबेश र यहाँको रहन सहन उनको क्ष्यमता भन्दा धेरै फरक थीयो।

संगीतमा लाग्ने सपना बोकेर घरबाट भागेका उहाँलाई पढ्न समेत पैसा नपुगेपछी संगीत यात्रा सहज हुने कुरै भएन। कोठा भाडा समेत तिर्न नसक्ने अवस्ठा आएपछी के गरेनन उनले त्यो परीबेश सँग जुध्नका लागिरु कहिले कपडा पसलमा भुई र सिसा पुछे, कहिले झोला भरी श्याम्फु र क्रीम बोकेर दुनियाँको घर घर गए त कहिले रिक्सामा चाउचाउ र चिप्स बोकेर पसल पसल धाए।

काठमाडौंमा उनलाई सहयोग गर्ने पनि कोही पनि थीएनन त्यतिबेला। इन्टर सम्मको अध्ययन सकेका उनले कमजोर आर्थिक अवस्था कै कारण अध्ययन छोड्नु पर्योह। तर त्यो दुस्ख का बिच पनि उनले आफ्नो संगीत मोह भने छोडेनन। बिभिन्न एफ।एम हरुमा हुने संगीत प्रतियोगितामा उनी भाग लिन्थे।

एक पटक उनले एच।बि।सि एफ।एम को साङितिक प्रतियोगितामा भाग लिए र प्रथम पुरस्कार स्वरूप १ बर्ष संगीत सिक्ने मौका पाए गुरु लाक्पा शेर्पा सँग। सङ्योग भन्नु पर्छ मौकाले उनलाई पच्छ्यायो उनै गुरु लाक्पा शेर्पाले उनलाई दोहोरी साझामा हार्मोनियम बजाउने काम लगाइदीए।

उनले त्यहा पनि सुरु सुरुमा गीत गाउन भने पाएनन। पछी अली पुरानो भएपछी गीत गाउन सुरु गरे। त्यसपछी गजल अनी क्यासिनोहरुमा गीतरगजल गाउन सुरु गरे। त्यो समयमा उनका आग्रजहरु रुपम, रुपेश, आरती र बिकासले उनलाई धेरै सहयोग गरेको उनी सम्झन्छन। गजल अनी क्यासिनोमा गाउने सिलसिला मै उनको भेट तबला बादक केशब खड्का सँग भयो।

उनकै सल्लाह अनुसार सुत्र ब्यान्ड स्थापना पनि गरे। ब्यान्ड स्थापना सँगै उनिहरुले काठमाडौं लगायत देशका बिभिन्न स्थानमा साङितिक कार्यक्रमहरु गर्न थाले ति कार्यक्रमहरुले सुरजको संगीत यात्रा अलिक सहज बन्न थाल्यो र उनले आफ्नो पहिलो साङितिक एल्बम क्रन्दन बजारमा ल्याए।

क्रन्दन भित्र समाबेश बहुला हुँ म बहुला भन्ने गीत निकै चर्चित पनि बन्यो। त्यो गीतको संगीत गर्दा उनका हितयसी मित्र मनिष शाहले उनलाई गरेको सहयोग उनले बेर्सेका छैनन। संगीत क्षेत्रमा एल्बम त ल्याए तर त्यसको सि।डि बिक्न सकेन। त्यसको खर्च जोड्न सकेनन अनी उनी केही समय भारत गए केही उपाय नलागेपछी बिदेश पलायन भए।

१ बर्ष बहराइन बसेर फर्के पछी फेरी नेपाली संगीतको गोरेटोमा हिंड्न थाले। संगीतमा संघर्श गरिरहेका उनी धेरै साङितिक प्रतियोगिताहरु जस्तै तिम्रो सुर मेरो गीत, बागिना, नेपाल स्टार, नेपाली तारा९२ गर्दै ईण्डियन आइडल९९ को तेस्रो राउन्ड सम्म पनि पुगे तर सफलता भने कतै हात परेन। तर पनि उनले हार मनेनन र पछील्लो समय नेपाल आइडलमा सहभागी भएर टप ११ मा पुग्न सफल भएका छन।

छोरा लाहुरे बनोस भन्ने बुवाको सपनालाई छोडेर संगीत क्षेत्रमा लागेका उनले आमाको भने सधैं हौसला र साथ पाएका छन। तर बुवा म संगीतमा लागे भनेर रिसाउनु भएको छ। उनले मलिन स्वरमा भने मेरो जीवनको लक्ष्य नै संगीत थीयो, कसरी लाहुरे बन्न सक्थे ररु हामी सँग कुरा गर्दै जादा उनका आँखा रसाए उनले गाउलाई सम्झीए, गाउमा पहिले सबैको घर कच्ची थीयो माटो र ढुङ्गाले बनेको तर अहिले सबैको घर पक्की बनीसक्यो।

मेरो घर अज्झै उस्तै छ कच्ची माटोले बनेको, मैले केही गर्न सकेको छैन। संगीतमा लागेरै त्यो घरलाई पक्की बनाउनु छ अनी आमा बाबुको आसु पुछ्नु छ तब मात्र मेरो जीवन सार्थक साबित हुनेछ। नेपाल आइडलमा सहभागी भए पछी अहिले उनको चर्चा पनि चुलिएको छ।

धेरैले आफ्नै एल्बम निकालेको मान्छे किन फेरी प्रतियिगितामा जानु भयो भनेर प्रश्न पनि गर्ने गरेका छन, उनले भने बुवाको सपनालाई छोडेर यो क्षेत्रमा आएको हुँ चुनौतीलाई सामना गर्न सक्ने क्षमता छ र मलाई विश्वाश छ यस् प्रतियोगिताले म मा अज्झै निखारता ल्याउने छ। क्लासिकल र सुफी गीतहरुमा बडी रुचाईएका थापा निकै सालीन र भद्र स्वभाबका देखिन्छन।

तर भित्री रुपमा भने उनको स्वभाब रोमान्टिक र ठट्टौली किसिमको रहेको नेपाल आइडलमा सहभागी भएर बाहिरिएका अन्य प्रतियोगिहरुले बताउने गरेका छन। नेपाल आइडलमा उनको यात्रा निरन्तर जारी छ।

टप ११ सम्म पुग्न सफल उनको नेपाल आइडल यात्रा तब सफल साबित हुनेछ जब यहाँहरुले अत्याधिक भोट गरी उनलाई साथ दिनुहुनेछ। सुरज थापालाई भोट गर्न मोबाईल को म्यासेज बक्स मा गएर १७ टाईप गरी ३५२२५ मा पठाउनु पर्ने छ।