नेपालको लगातार दोस्रो जित,मलेसिया ५ विकेटले पराजित

सिंगापुर,साउन, ३-

उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आज चीर प्रतिद्धन्दी मलेसियालाई ५ विकेटले हराउँदै नेपालले विश्वकप छनौटको संभावना बलियो बनाएको हो ।

मलेसियाले प्रस्तुत गरेको ५९ रनको सामान्य चुनौती नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । यसअघि कप्तान संदिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट चट्काएपछि मलेसिया २५ दशमलव ५ ओभरमा ५८ रनमा समेटिएको थियो ।नेपालले आफ्नो तेस्रो खेलमा पर्सि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।