नेमारको स्थानमा,बार्सिलोना फिलिप काउटिन्हो आउने

बिहानी,साउन,२३-

कीर्तिमानी रकममा नेमार पीएसजी गएपछि उनको स्थानमा बार्सिलोनाले लिभरपुलका फिलिप काउटिन्होलाई ल्याउने भएको छ। यसैहप्ता उनलाई बार्सिलोनाले भित्र्याउने तयारी गरेको समाचारमाध्यमहरुले जनाएका छन्।

लिभरपुलले काउन्टिहोका लागि ९०.२ मिलियन डलर माग गरेको थियो। उक्त रकम तिर्न तयार भएपछि काउटिन्हो बार्सिलोना जाने लगभग निश्चित भइसकेको समाचारमाध्यमको दाबी छ।

नेमार २ सय २२ मिलियन यूरो कीर्तिमानी रकममा पीएसजी गएपछि बार्सिलोनाले काउटिन्होलाई उनको रिप्लेसमेन्टमा टार्गेट गरेको हो।

काउटिन्हो र बार्सिलोना बिचको सम्झौता पाँच बर्षका लागि हुने उल्लेख गरिएको छ। लिभरपुलले उनलाई बार्सा जान ग्रिन सिंग्नल दिइसकेको छ।

सन् २०१६–१७ मा काउटिन्हो ३१ खेलमा देखिएका थिए। जसमा उनले १३ गोल गरेका थिए भने ७ वटामा सहायकको भुमिका निभाएका थिए। एजेन्सी