दार्जिलिङबाट अर्धसैनिक बल फिर्ता

काठमाण्डाैं,असाेज,३०-

केन्द्र सरकारको गृह मन्त्रालयले दार्जि्लिङवाट अर्ध सैनिक सुरक्षा बललाई फिर्ता बोलाउन निर्देशन दिएको छ । गृहको निर्देशन लगत्तै आज बिहानैदेखि दार्जि्लिङमा तैनाथ १५ कम्पनीमध्ये ७ कम्पनी केन्द्रीय रिजर्भ पुलिस फोर्स र ३ कम्पनी सशस्त्र प्रहरी बल फिर्ता हुन थालेका छन् ।

गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि दार्जि्लिङमा १५ कम्पनी केन्द्रीय सुरक्षा बल तथा करिब १ हजारको संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

१० कम्पनी सुरक्षा बल फिर्ता गएपछि दार्जि्लिङमा ५ कम्पनी केन्द्रीय बल र करिव १ हजारको संख्यामा प्रहरीहरु मात्रै रहने छन् । आन्दोलनका कारण यसअघि सेना समेत परिचालन गरिएको थियो । तर, सेनालाई भने केही समय अघि नै फिर्ता बोलाइ सकिएको छ ।