महिलाहरुले यी पाँच कुराबाट जाँच्न सक्छन् पतिरप्रेमिको इमान्दारिता

विवाह मानव जीवनको एकदमै महत्वपूर्ण कार्य हो । केही अपवाद्बाहेक हरेक मानिसले आफ्नो जीवनमा एक न एक पटक विवाह अवश्य गर्छन् ।

पति(पत्नीमा इमान्दारिता र विश्वास भयो भने वैवाहिक जीवन मात्रै नभएर सिंगो जीवन सुखमय हुन्छ । यदि थोरै मात्र आशंका, धोखाधडी र घात भयो भने जीवन खरानी बन्नसमेत बेर लाग्दैन ।

यदि आफ्नो पत्नीबारे पर्दापछाडि कुनै कुरा थाहा पाएमा पतिहरु एक मिनेट पनि सहन सक्दैनन्, तर यही कुरा पतिको बारेमा सुनेमा प्रायस् पत्नीहरु भित्रभित्रै गुम्सिन्छन् र टुट्न थाल्छन् ।

सम्बन्धमा एकअर्काप्रति चियोचर्चो गर्नु त राम्रो होइन । तर, पर्दापछाडि कुनै कुरा चलेको भए त्यो समयमै थाहा पाउनु तपाइँका लागि हितकर हुनसक्छ । त्यसैले यहाँ पति वा प्रेमीको इमान्दारिता जाँच्न ध्यान दिनसकिने ५ कुराबारे चर्चा गरिएको छ ।

१. सबैभन्दा पहिले त कसैसँग सम्बन्ध जोड्नुअघि नै उसको विगतबारे सकेसम्म जानकारी हासिल गर्नुस् । कतै उसले कसैलाई धोखा त दिएको छैन रु होसियार, यस्ता मानिसहरु भरोसा गर्न लायक हुँदैनन् । किनभने फ्लर्ट गर्न तथा चिट गर्न बानी परेकाहरु आफ्नो आदत सहजै बदल्न सक्दैनन् ।

२. जो मानिसको दिल सफा हुन्छ, ऊ हमेशा आँखामा आँखा मिलाएर कुरा गर्छ । यदि तपाइँको पतिरप्रेमि कुराकानीको दौरान हमेशा नजर डुलाउँछन् या आँखामा आँखा जुधाएर कुरा गर्दैनन् भने बेलैमा ख्याल गर्नुस्, पर्दापछाडि केही न केही चलिरहेको हुनसक्छ ।

३. यदि तपाइँको प्रेमिरपति गेटटूगेदर तथा आफ्नो फ्रेण्ड सर्कलबीचमा तपाइँलाई चिनाउन वा सहभागी गराउन हिचकिचाउँछन् भने मनमा केही न केही कुरा छ भन्ने बुझ्नु पर्छ ।

४. तपाइँहरुबीच हरेक विषयमा खुलेर कुरा हुन्छ, तर त्यस्तो कुनै विषय जसमा कुरा निस्किएको उनलाई मन पर्दैन भने बुझ्नुस्, त्यहाँ केही हुनसक्छ ।

५. फोनमा कुनै लक छ र तपाइँलाई त्यसलाई छुनबाट बञ्चित गरिन्छ भने पनि त्यहाँ केही न केही गडबडी हुनसक्छ ।