बाल विवाह बिरुद्ध बिद्यार्थीहरुको सामुहिक प्रतिबद्धता

बाँके,फाल्गुन,११-

बाल बिवाह नगर्ने र गर्न नदिने बिद्यार्थीहरुले एक कार्यक्रमका बिच प्रतिबद्धता गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित श्री बागेश्वरी आधारभुत बिद्यालय र वडा नं. १० स्थित श्री युद्ध संस्कृत माबिका बिद्यार्थीहरुले यस्तो प्रतिबद्धता गरेका हुन ।

पहिलेको तुलनामा अहिले बाल बिवाहको घट्ना न्यून हुदै गएको भन्दै अब पूर्ण रुपमा बन्द गर्न तर्फ बाल क्लब मार्फत अगाडी बड्ने उनीहरुको भनाई थियो । बाल बिवाह गर्दा हुने समस्याका बिषयमा परिवारमा समेत जानकारी गराउने उनीहरुले बताए ।

जन्म दर्ताका फाईदाका बारेमा जानकारी गराउदै सबै बालबालिकाको अनिवार्य जन्मदर्ता गराउन सामुहिक रुपमा लाग्ने उनीहरुको भनाई थियो ।दुबै बिद्यालयमा दिईएको अभिमुखिकरण कार्यक्रममा बाल बिबाह तथा जन्म दर्ताका विभिन्न बिषयमा बासका केन्द्रीय अध्यक्ष मन भण्डारी, केन्द्रीय सदस्य शिब कुमार बर्र्मा, उपनिर्देशक हेमराज भट्ट र सामाजिक परिचालक रुपा चौधरीले सहजिकरण गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा युनिसेफको सहयोगमा बास नेपालगन्जद्धारा सँचालीत बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सम्पन्न सो अभिमुखिकरण कार्यक्रममा ७४ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । बासले बाल बिवाह र जन्म दर्ताका बिषयमा बिद्यार्थी जागरण गर्ने उद्धेश्यले अभिमुखिकरण गर्दै आएको छ ।