कोरोना अपडेट : जापानमा ४२५ जनाको मृत्यु, १४,५८६ जना संक्रमीत

एकैदिन १९ जनाको मृत्यु : ३८४ जना निको भए

जापान,बैशाख,१७-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बुधबार बिहान सम्म ४ सय २५ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ४२५ पुगेको हो ।

एकै दिन नयाँ २७७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार ५ सय ८६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ३ हजार ८ सय ३८ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ३ सय ८४ जना निको भएका थिए ।

बुधबार बिहान सम्म जापानका विभिन्न ठाँउ, होक्काईदो, तोकुसिमा, वाकायामा केनमा एक एक जना यस्तै चिबा, टोक्यो, खानागावा केनमा दुई दुईजना त्यसैगरी साईतामा, हियोउगो केनमा ३ जना र ओसाकामा ४ जना गरी १९ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १३ हजार ७ सय ७२ जना संक्रमीत छन्,भने ४ सय १३ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४८ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ६८३ मृत्यु: २७ जना
२. आवमोरी केनमा संक्रमित: २६ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ७० जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६२ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५५ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४६ जना, मृत्यु: १५ जना
९.साइतामा केनमा संक्रमित: ८३२ जना, मृत्यु: ३० जना
१०.चिबा केनमा संक्रमित: ८२३ जना, मृत्यु: ३१ जना
११.टोक्योमा संक्रमित: ४०५९ जना, मृत्यु: १०८ जना
१२.खानागावा केनमा संक्रमित:९७२ जना,मृत्यु: २९ जना
१३.निईगाता केनमा संक्रमित: ७५ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २४५ जना, मृत्यु: जना
१५.फुकुई केनमा संक्रमित: १२२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५३ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ६६ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४९ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ६७ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४७८ जना, मृत्यु: ३१ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९५ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: ३१३ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१५५३ मृत्यु:३६ जना
२५. हियोउगो केनमा संक्रमित: ६३७ जना,मृत्यु:२७ जना
२६.नारा केनमा संक्रमित: ७७ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित:६०जना, मृत्यु: जना

२८.ओकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १५४ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: जना
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ७३ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित: ६२४ मृत्यु:१७ जना
३६.सागा केनमा संक्रमित: ३८ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १०८ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४६ मृत्यु: १ जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १४१ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: १८८ जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६७ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २३,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।