
एजेन्सी,चैत,११-भारतको रिपब्लिक टेलिभिजनका प्रधानसम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्र्नुभन्दा तीन दिन अघि सूचना दिन बम्बइ उच्च अदालतले प्रहरीलाई आदेश दिएको छ ।
टेलिभिजन रेटिङ पोइन्ट (टीआरपी) छेडछाडको मुद्दाको सम्बन्धमा अदालतले यस्तो आदेश दिएको हो ।अर्नब गोस्वामी आत्महत्या दुरुत्साहनको मुद्दामा जमानतमा छुटेका थिए ।
५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको घटनाको सम्बन्धमा उनलाई ४ नोभेम्बरमा घरबाटै पक्राउ गरिएको थियो ।तर, सर्वोच्च अदालतले गोस्वामीलाई ११ नोभेम्बरमा जमानतमा छाड्न आदेश दिएको थियो ।