कांग्रेस अधिवेशन : २४ जिल्लाको परिणाम आउँदा संस्थापन पक्ष अगाडि

काठमाण्डौं,मंसिर,८-सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा अहिले अधिवेशन भइरहेकोछ।

एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ मध्ये २४ जिल्लाहरुमा नयाँ नेतृत्व चयन भइसकेको छ।जिल्ला अधिवेशन सम्पन्न भएका २४ जिल्लाको मतपरिणाममा कांग्रेसको संस्थापन पक्ष अगाडि देखिएको छ।

सार्वजनिक मतपरिणाम अनुसार २४ मध्ये १२ जिल्लामा संस्थापन पक्षीय सभापतिहरू जिल्लाको नेतृत्वमा पुगेका छन्।

जसमध्ये ९ जिल्लामा संस्थापनइतर समूह नेतृत्वमा पुगेको छ। दुई जिल्लाका सभापतिलाई दुवै समूहले आ-आफ्नो पक्षमा रहेका दाबी गरेका छन्।

एक जिल्लाका नवनिर्वाचित सभापतिले आफूलाई कुनै समूहमा उभ्याएका छैनन्।

संस्थापनबाट सभापति
१ गजेन्द्र प्रसाद तुम्याहाङ–ताप्लेजुङ
२ मोहनविक्रम सिंह–हुम्ला
३ पूर्णबहादुर तामाङ ‘कान्छाराम’–रामेछाप
४ ऐनबहादुर शाही–मुगु
५ खडकबहादुर बोहरा–बझाङ
६ शंकरगुरुङ–मनाङ
७ भीमबहादुर साउद–डडेल्धुरा
८ खमबहादुर गर्बुजा (खम्बिर)–म्याग्दी
९ केशवबहादुर विष्ट–सल्यान
१० डा.टुकराज गुरुङ–लमजुङ
११ रुपनारायण जवेगु–पाँचथर
१२ कर्णबहादुर शाही–जुम्ला

संस्थापन इतरबाट विजयी
१ दीपक खड्का–संखुवासभा
२ अमरबहादुर शाही–कालीकोट
३ बर्मा लामा–दोलखा
४ रोमी गौचन–मुस्ताङ
५ विनोद बान्तवा–भोजपुर
६ रामसिंह रावल–बाजुरा
७ विष्णुकुमार गिरी–प्युठान
८ चतुरबहादुर चन्द–बैतडी
९ केशव श्रेष्ठ–अर्घाखाँची

दुवै समूहले दाबी गरेका सभापति
१ केशरमान रोका–रुकुमपूर्व 
२ नन्दप्रसाद न्यौपाने–गोरखा

नखुलेका
वेदराजसिंह–जाजरकोट

एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला

ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला