विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं,आषाढ,२७-विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैछ।संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।

विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्दै जनसंख्या दिवश मनाउने गरिन्छ । 

विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलाई  युवा मानिन्छ।नेपालमा पनि हरेक जनसंख्या दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलद्वारा सन् १९८९ देखि जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो ।