कतार विश्वकपका लागि जापानको टोली घोषणा

२०१८ को विश्वकप खेलेका गेन्की हारागुची र युया ओसाका टिममा परेनन

टोकियो,जापान,१७-कतार विश्वकपका लागी जापानले टोली घोषणा गरेको छ ।यहि नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप कतार २०२२ का लागी एसियाली राष्ट्र जापानले बुधबार आफ्नो टोली घोषणा गरेको हो ।

विश्वकपका लागी मुख्य प्रशिक्षक हाजिमे मोरियासुले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमाले स्थान बनाउन सफल हुँदा सेल्टिकबाट खेल्ने क्योगो फुरुहासी र रेओ हातातेले भने टोलीमा स्थान बनाउन सकेनन् ।

यस्तै २०१८ को विश्वकप खेलेका गेन्की हारागुची र युया ओसाकाले पनि टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षक मोरियासुले १० खेल भन्दा कम खेलेका नागोया ग्राम्पु, युकी सोमा, दाइजेन माएदा र आएसा उएदासँगै अनुभवी खेलाडीद्वय माया योसिदा र युटो नागामोटोलाई पनि टोलीमा समावेश गरेको छ ।

समूह ‘ईं’ मा रहेको जापानले २३ नोभेम्वरमा जर्मनीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । त्यसपछि जापानले कोस्टारिकासँग नोभेम्बर २७ र स्पेनसँग डिसेम्बर १ मा खेल्नेछ ।

नोभेम्वर १० देखि बन्द प्रशिक्षण सुरु गर्ने जापानले विश्वकप अघि नोभेम्बर १७ मा क्यानडासँग अबुधाबीमा अभ्यास खेल खेल्ने तालिका छ ।

कतार विश्वकपका लागी जापानको टोली
गोलरक्षक – सुइची गोन्डा (सिमिजु एस–पल्स), डानियल स्मिड्ट (सिन्ट–ट्रेइडेन), इजी कावासीमा (स्ट्रासबर्ग)
डिफेन्डर – मिकी यामाने (कावासाकी फ्रन्टाले), हिरोकी साकाई (उरावा रेड्स), माया योसिदा (साल्के), ताकेहिरो तोमियसु (आर्सनल), सोगो तानिगुची (कावासाकी फ्रन्टाले), को इताकुरा (बोरुसिया मोन्चेनग्लाडवाक), हिरोकी इटो (स्टुटगार्ट), युटो नागातोमो (एफसी टोकियो), युटा नाकायामा (हडर्सफिल्ड टाउन)
मिडफिल्डर – वातारु इन्डो (स्टुटगार्ट), हिदेमासा मोरिता (स्पोर्टिङ), एओ तानाका (फर्टुना डुसेलडर्फ), गाकु सिबासाकी (लेगानेस), काओरु मितोमा (ब्राइटन), दाइची कामदा (फ्रान्कफुर्ट), रित्सु डोआन (फ्रेइवर्ग), जुनाया इतो (रेइम्स), ताकुमी मिनामिनो (मोनाको), ताकेफुसा कुबो (रियल सोसिडाड), युकी सोमा (नागोया ग्राम्पस)
फरवार्ड – दाइजेन मायदा (सेल्टिक), ताकुमा एसानो (बोचुक), आएसे उएदा (सर्कल ब्रग)