आजको राशिफल ।। कार्तिक १८ गते शुक्रवार

काठमाडौं,कार्तिक,१८-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १८ गते बिहिवार, (नोभेम्वर ४ तारिख) कार्तिक शुक्ल एकादशी तिथी ।आज हरिबोधिनी एकादशी व्रत पनि रहेको छ ।

आज कार्तिक १८ गते शुक्रबारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग रहेको छ । प्रेम प्रसङ्ग या पारिवारिक सद्भाव बढ्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान र नयाँ कामको थालनी हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक संस्थाबाट सहयोग पनि पाइनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पनि पुरा हुनसक्छ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल