इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान

इलाम,मंसिर,४-इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गर्नुभएको छ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गर्नुभएको हो । 

राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मनुभएको उहाँको नागरिकतामा उल्लेख छ ।स्रोतहातेमालो सञ्चार