बाँके,पुस ४-सामाजीक सद्भाव र सामुहिक सुरक्षाका लागी सबै संयमित हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपालगन्जमा सम्पन्न सामाजीक सद्भाव र सामुहिक सुरक्षा विषयक कार्य समिक्षा तथा छलफल कार्यक्रममा सो कुरामा जोड दिइएको हो । युएन डि पि को सहयोग र बागेश्वरी असल शासन क्लव र सुरक्षा मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आज भएको उक्त कार्यक्रममा विभिन्न धर्मका गुरुहरुको सहभागी रहेको थियो ।
कार्यक्रममा मानव अधिकार अनुसन्धान केन्द्रका अधिकारकर्मी विश्वजित तिवारीले बाँकेको राप्तपिारीमा रहेका गाविसको विकासमा सबैले पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो ।त्यसैगरि कार्यक्रममा राकेश मिश्रले सामजीक सद्भावका लागि छोटो समयमा गरेको कार्यविधी बारे प्रकाश पार्नु भएको थियो । यस्तै बागेश्वरी असल शासन क्लवका अध्यक्ष नमस्कार शाहले क्लवले राप्तिपारीका ५ गाविसहरु बैजापुर ,विनौना,फत्तेपुर,गंगापुर,मटेहिया,र कटकुईयामा सामाजीक सद्भाव र सामुहिक सुरक्षा सम्बनधी गरेको समन्वय र गतीविधीको बारेमा जानकारी गराउनु भएको थियो ।
शाहले छोटो समयमा आफूहरुले ती राप्तपिारीका ६ गाविसमा सामाजीक सद्भावका समन्वयका ८ गतिविधका कामको लागि कुल बजेट ७ लाख २घ हजार ३० रुपैयामा काम सम्पन्न गरेको पनि बाउनुभयो । यस्तै कार्यक्रममा बोल्ने बक्ताहरु स्थानयि शान्ती समितीका संयोजक तेजवित्रम शाह, हेमन्त काफ्ले, छविलाल सुनार, गोपाल अधिकारी,मधु पौडेलले शान्ती सुरक्षामा सबै धर्मगुरुहरुको महत्वपुर्ण भुमिका रहेको र तयहाका विकासको निम्ती सम्बन्धीत सरोकारवाला निकायसंग समन्वयगरि विकासलाई दु्रत गतीमा अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् ।






