बजारमा तरकारीको मूल्य नपाउँदा राउटे समुदाय चिन्तीत

डडेल्धुरा  ,पौष ८-डडेल्धुरा जिल्लामा केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविको पार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए ।जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् ।

राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका भए पनि तरकारीले बजार नपाउँदा र लगानी अनुरुपको तरकारीको मूल्य पनि बजारमा नहुँदा चिन्तित बनेको राउटेका मुखिया खड्कसिंह राउटेले बताउनुभयो ।