नवनियुक्त महानिरीक्षक अर्यालले बोलाएको बैठकमा सिलवाल गएनन्,चन्द भने सहभागी

काठमाण्डु, चैत २९-
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति पीसीसीको बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित हुनुभएको छ ।अर्यालको स्वागतमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरिएको थियो ।

जहाँ अर्याललाई सलामी दिइएको थियो भने निमित्त आईजीपीको भूमिका सम्हाल्नु भएका एआईजी डा। दिनेशचन्द्र पोखरेलले जुनियर प्रहरी अधिकारीको सेवा सुविधामा ध्यान दिन आग्रह गर्नुभयो। महानिरीक्षक अर्यालले सरकारले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।

लगतै अर्यालले महानिरीक्षकका रुपमा पीसीसीको पहिलो बैठक बोलाउनु भएको हो । जसमा सरकारले आईजीपीमा बढुवा गरेर पनि फुली लगाउन नपाएका डीआईजी जयबहादुर चन्द भने सहभागी हुनुभएको थियो । तर, सिलवाल भने पीसीसी मिटिङ छाडेर सरकारको निर्णयविरुद्ध अदालत पुग्नु भएको थियो ।

बैठकमा प्रहरी महानिरीक्षक अर्यालले इमान्दारितापूर्वक काम गर्न सबैलाई निर्देशन दिएका छन् ।सरकारले सोमबार मात्र अर्याललाई आईजीपी नियुक्त गरेको थियो । साथै मध्यरातमा नै फुली लगाउनुका साथै पदभार सम्हालेका थिए ।