घोराहीमा कविता वाचन अभियान सम्पन्न

जंग रेउले,
घोराही , चैत्र २९-
नेपाल कम्यनिस्ट पार्टी दाङको आयोजनामा शिक्षा साहित्य तथा संस्कृत विभागले घोराहीमा कविता वाचन अभियान  सम्पन्न गरेको छ । विभागले अभियानको क्रममा राष्ट्रिय स्वाधिनता एवं समसामयिक सन्दर्भमा घोराहीको राप्ती साहित्य परिषदको हलमा मंगलबार कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनस्टि पार्टीका केन्द्रिय सदस्य तथा शिक्षा साहित्य तथा संस्कृति विभाग प्रमुख आर.पि तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा कवियत्री तथा श्रष्टाहरुले नेपालमा रहेको विद्यमान राजनितिको अवस्था तथा देशमा आईपरेको समस्या बारेमा रचना वाचन गरेका थिए ।

कार्यक्रममा देशप्रमी र नेपाली जनताले भोगेका प्रत्यक्ष तथा अप्रत्यक्ष समस्याको विषयमा  १५ जनाले रचना वाचन गरेका हुन । जसमा नविन अभिलासी, यज्ञ बहादुर डांगी, नविन शर्मा, सारदा शर्मा, अम्मर खडका, तिलक अधिकारी लगाएले कविता वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल कम्यनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी सविन पोख्रेल,सुसिला गौतम, पुरुषत्तम खनाल, यज्ञ बहादुर डांगी, समिर यात्री राप्ती साहित्य परिषदका का.बा.नगेन्द्र गरु, केवि मसाल, राप्ती साहित्य परिषदका सचिव सारदा गिरी, अखिल नेपाल केन्द्रिय सदस्य खगेश्वर भण्डारी लगाएको उपस्थिति रहेको थियो  ।

क्रान्तिकारी पत्रकार केन्द्रिय सदस्य जानकी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षा साहित्य एव संस्कृति विभागका खिम थापाथलियले गरेका हुन ।