चर्चित मोडल बुद्धबीर “बादलपारी गावैमा” बसाई सर्दै,

 सिर्जना बर्देवा

ओखलढुंगा,जेठ,८-
एक पछि अर्को गर्दै नेपाली साँगितिक बजारमा आउने एक उत्कृष्ट अभिनयका धनि अहिलेका चर्चित मोडल हुन बुद्धबिर थापा ,पछिल्लो समयमा नेपाली मोड्लिङ्ग क्षेत्रमा मोडलहरुको गन्ति गर्ने हो भने अग्र

स्थानमा आउने एक सफल मोडलमा नाम आउछ थापाको, भर्खरै मात्र हजारौं दर्शक स्रोताको मनमुटुका ढुकढुकी थापाको उत्कृष्ट अभिनयमा निकै दर्दनाक भिडियो सार्बजनिक भए सगै एकाएक चर्चामा आएको छ ।

बाग्लुङ्गको गल्कोटमा जन्मीएका मोडल थापा हाल काठमान्डौ लाई आफ्नो कर्म थलो बनाईरहेका छन् । थापा अभिनयमा मात्र नभएर कुनै समयका एक कुशल संचारकर्मि समेत रहेका थिए ।

मोड्लिङ क्षेत्रमा थापाले दुई बर्ष बिताई सकेका छन् । यति छोटो समय मै दर्शक स्रोताका मन जित्न सफल मोडल थापाले सय भन्दा बढि गितमा अभिनय गरिसकेका छन् ।

निकै उत्कृष्ट अभिनय गर्ने मोडलका रुपमा परिचित थापाको एक पछि अर्को गर्दै निरन्तर म्युजिक भिडियो बजारमा आउने क्रममा “बादलपारी गावैमा” बोलको म्युजिक भिडियो निकै उत्कृष्ट रहेको छ । जसलाई मन मुटु सुम्पिएर आफ्नो मन मुटुमा सजाईन्छ उसैको हुन नसक्दाको पिडा भिडियो मा देख्न सकिन्छ ।

लोक दोहारी ईतिहासमै फरक कथा बस्तु समेटेर तयार भएको यस म्युजिक भिडियोमा आफ्नो मायालु लाई खोज्दै कतै जंगली,कतै हिलाम्य भेषमा आफ्नो ज्यान नै खतरामा राखी थापाले उत्कृष्ट अभिनय गरेका छन् ।

चर्चित लोकदोहारी गायीका देबी घर्ति र धिरेन्द्र बिकको सुमधुर स्वर काल्पनिक केशीको को उत्कृष्ट लय तथा शव्द सिर्जनामा रहेको यस गितको म्युजिक भिडियोमा चर्चित मोडल सारीका केशी र स्वयम थापा को उत्कृष्ट अभिनय रहेको छ ।

अहिलेका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन र बासु बरालको छायांकन रहेको छ भने मिलन बिकले भिडियोको सम्पादन गरेका छन् । बि.स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो लाई आशिष म्युजिक प्रा.लीले बजार व्यबस्थापन गरेको छ ।