काठमाडौं,फागुन,२१-नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा आज शनिबार भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथ लगत्तै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सांसदको लोगो वितरण गर्नुभएको छ । सपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम […]
Author: bihani
पल शाह प्रकरण:१० न्युजपोर्टल सहित १६ युट्युब च्यानल कारबाहीमा
काठमाडौं,फागुन,२१-प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ। त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र सूचीकरण नभएका १० वेवसाइटहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको र कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ युट्युब […]
एनएसएल अक्सन:कुन टोलीमा कस्ता खेलाडी,कतिमा अनुबन्धीत भए?
काठमाडौं,फागुन,२०-दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सकिएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।खेलपाटीबाट साभार- अक्सनबाट कुन टोलीले कुन खेलाडी अनुबन्ध गर्यो ? १.काठमाडौं रेजर्स – […]
राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकियो
काठमाडौं,फागुन,२०-राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ । नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका एक गरी २० जनाको पदावधि आज शुक्रबारसम्म थियो।यसैबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भईसकेका छन् । गत माघ १२ मा भएको निर्वाचनबाट […]
आयोगद्वारा स्थानीय निर्वाचनका लागि मतदाता नामावलीमा दावी विरोध गर्न आह्वान
काठमाडौं,फागुन,२०-निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज शुक्रबारदेखि मतदाता नामावलीमा दावी विरोध आह्वान गरेकोछ। देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा शुक्रबारदेखि ७ दिनसम्म दावी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्नेछन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका […]
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं,फागुन,२०-नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रबार बस्दैछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले बताएका छन् । अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको ८ औं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको थियो । नेता वर्षमान […]
थपिए १०५ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु
काठमाडौं,फागुन,१९-पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परिक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरीजम्मा १०५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको […]
व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोद गर्ने संसदको निर्णय एमसीसीद्वारा स्वीकार
काठमाडौं,फागुन,१८-अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने संसदको निर्णय स्वीकार गरेको छ । मंगलबार राति विज्ञप्ति जारी गर्दै आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको एमसीसी मुख्यालयले जनाएको हो । सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि […]
युक्रेनी सेनामा रसियाविरुद्धको युद्धका लागी नेपाली युवा भर्ती हुदैँ
युक्रेन,फागुन,१८-युक्रेनमा छिमेकी रसियाले आक्रमण गरेको सातौँ दिन भइसकेको छ। साता हुँदा पनि रसियाले युक्रेनमाथि पूरै पकड जमाउन सकिरहेको छैन। कुनै बेला सोभियत संघ अन्तर्गतका यी दुई मुलुकबीच अमेरिका, युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई लिएर विवाद भएको थियो। उत्तरी युरोपको देश यहाँ पनि सयभन्दा धेरै नेपाली रहेका थिए। जसमध्ये धेरैजसोले रसियाको आक्रमणपछि […]
एमसीसीमा जागीर खुल्यो, प्रोजेक्ट म्यानेजर देखि ड्राईभर सम्मलाई रोजगारी
काठमाडौँ,फागुन,१८-नेपालका लागि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले बिभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन प्रकाशन गरेको छ । एमसीसीको नेपाल कार्यालय एमसीए नेपालले मंगलवार १० जना उमेरदवारका लागि रोजगारी खुलाएको हो । एमसीए नेपालले प्रोजेक्ट म्यानेजर १, म्यानेजर १, लिड इन्जिनियर १, पावर सेक्टर रिफम स्पेस्लिस्ट १, असिस्टेन्ट इन्जिनियर १, मनिटरिङ् एण्ड इभ्यालुएसन […]







