कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं,मंसिर,२७-नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ […]

प्रधानमन्त्री देउवा प्यानलबाट विजय सुरुवात, दुई केन्द्रीय सदस्य निर्विरोध

काठमाण्डौं,मंसिर,२६-नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्।  कांग्रेसको केन्द्रीय निर्वाचिन समितिका अनुसार यस क्रममा प्रदेश २ बाट खुलातर्फ दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।  प्रदेश २ बाट ३ जनाको उम्मेदवारी परेकामा जंगीलाल यादवले फिर्ता लिएपछि २ जना निर्विरोध भएको निर्वाचन समितिका सचिव […]

माओवादी केन्द्रले ९ प्रदेशको नेतृत्व आज चयन गर्दै

काठमाडौं,मंसिर,२६-नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलनअन्तर्गत ९ प्रदेशमा आज नयाँ नेतृत्व चयन हुँदैछ । ७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ प्रदेशमा हिजो एकैसाथ उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति चयन हुने भएको हो ।   माओवादी केन्द्रले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रवासबाहेक नौ प्रदेशको […]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं,मंसिर,२४-नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नु हुनेछ । महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार ४ सय प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्न […]

दुई ओटा जापानी कारखानामा टोयोटाले रोक्यो उत्पादन

टोकियो,मंसिर,२४-जापानी अटो निर्मा कम्पनी टोयोटा मोटर कर्पोरशनल जापानमा रहेका दुई ओटा कारखानामा उत्पादन रोकेको छ।आपूर्ति अभावका कारण यस्तो कदम चालिएको कम्पनीका प्रवक्ताले बताएका हुन् ।  यसको अर्थ डिसेम्बरमा टोयोटाले यसअघि योजना बनाएअनुसार सामान्य स्तरमा उत्पादन गर्न सक्दैन।कम्पनीले यस अघि सात महीनामा पहिलो पटक डिसेम्बरमा उत्पादन सामान्य स्तरमा फर्किने अपेक्षा गरेको थियो।बुधवार दुई कारखानाहरुमा उत्पादन रोकिएको […]

महाधिवेशनको संघारमा कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं,मंसिर,२३-नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान साँढे ११ बजे बस्ने गरि बैठक आव्हान गरिएको हो । भोलिदखि काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ ।   कांग्रेसमा सहमहामन्त्री थप गर्नेबारे पनि आज छलफल हुन सक्ने एक नेताले बताएका […]

स्विजरल्याण्डमा “आत्महत्या मेसिन”लाई मान्यता, पीडारहित एक मिनेटमै मार्न सक्ने

जेनेभा,मंसिर,२२-स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिएको छ। इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो। कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन्। इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्। हाइपोक्सिया र हाइपोकाप्नियाबाट पीडित […]

मेस्सी र एमबाप्पे चम्किदा पिएसजी संग ब्रुग क्लव ४-१ ले पराजित

एजेन्सी,मंसिर,२१-लिओनेल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४-१ ले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले बचाएपनि रिबाउन्डलाई […]

बिश्वकै ठूलो विविधतायुक्त अन्तरधार्मिक शान्ति प्रार्थना र्याली सम्पन्न

सियोल,मंसिर,२०-बिभिन्न धर्म परम्पराका विश्वभरबाट बीस हजार भन्दा बढी धार्मिक नेताहरूले विश्वव्यापी रूपमा शान्तिको लागि प्रार्थना गरेका छन ।“कोरियाली प्रायद्वीपको पुनः एकीकरण र शान्तिका लागी अन्तरधार्मिक सभा विषयक समारोहमा शान्तिको लागि कामना गरिएको हो । दश लाख भन्दा बढी मानिसहरूले विभिन्न सामाजिक सञ्जाल र मिडिया प्लेटफर्महरू मार्फत प्रार्थना ¥यालीमा भाग लिएका थिए ।  जबकि दक्षिण कोरियाको […]

राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीत

काठमाडौं,मंसिर,२०-राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।  विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यलेलेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले रेकर्डिङ र मिक्सिङ भरेका छन् । गीतमा माण्डव्य र तिलक बस्नेत  बस्नेत दुवैको स्वर सुन्न सकिन्छ ।  […]